शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन नगर्ने केपी ओलीको घोषणा, अब प्रचण्डसँग मिल्ने ?

शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन नगर्ने केपी ओलीको घोषणा, अब प्रचण्डसँग मिल्ने ?

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण २१ २०७७

  • 16.9K
    SHARES

  • शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन नगर्ने केपी ओलीको घोषणा, अब प्रचण्डसँग मिल्ने ?
    फाइल तस्वीर

    काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भाबी प्रधानमन्त्रीका रूपमा नेकपाका प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुबै पक्षले अफर गरेको चर्चाबीच ओलीले कसैलाई पनि अफर नगरेको घोषणा गरेका छन् ।

    काठमाडौंको राष्ट्रिय सभागृहमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग भएको सहमतिमा हस्ताक्षर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव नगरेको स्पष्ट पारे ।

    प्रधानमन्त्री बन्ने दौडमा रहेका सभापति देउवा अब प्रचण्डसँग मिल्छन् ? हेर्न बाँकी छ । नेकपा प्रचण्ड–नेपाल पक्षले भने देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने जनाइएको छ ।

    ‘एउटा भ्रम छर्न खोजिएको छ तर हामीले कसैलाई पनि अनुचित ढंगले प्रधानमन्त्रीको प्रस्ताव गरेका छैनौं, गर्दैनौं पनि,’ प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरू (प्रचण्ड–नेपाल) को गतिविधि देखेर अचम्म लाग्छ । आफ्नो पार्टीको दुईतिहाइ भत्काएर प्रधानमन्त्रीलाई जसरी पनि हटाएर अरुलाई प्रधानमन्त्री खाइदिनूस् भन्दै बिन्ति गरिराख्नुभएको छ ।’

    ओलीले मुलुकमा राजनीतिक स्थिरता र समृद्धिको लागि संसद विघटन गर्ने बाध्यता रहेको समेत बताए । विप्लव नेकपासँग भएको सहमतिबारे बोल्दै ओलीले भने, ‘अन्तिम किस्तामा नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ । अब नेपालमा हिंसात्मक द्वन्द्व छैन । अब नेपालमा हिंसात्मक बाटो र हिंसात्मक कार्यदिशा कसैले अवलम्बन गरेको छैन ।’

    विप्लव नेतृत्वको नेकपाले शान्तिपूर्ण ढंगले राजनीतिक गतिविधि गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले प्रक्रिया पुर्‍याएर नेकपाका नेता तथा कार्यकर्तालाई छाडिने समेत बताएका छन् ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend