शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

प्रधानमन्त्री बन्ने खेल चलिरहँदा गगन थापाको छुट्टै अडान ! 

प्रधानमन्त्री बन्ने खेल चलिरहँदा गगन थापाको छुट्टै अडान ! 

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण २१ २०७७

  • 20.4K
    SHARES

  • प्रधानमन्त्री बन्ने खेल चलिरहँदा गगन थापाको छुट्टै अडान ! 

    काठमाडौं – सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर नयाँ प्रधानमन्त्री छान्ने खेल चलिरहेका बेला नेपाली कांग्रेसका चर्चित युवा नेता गगनकुमार थापाले छुट्टै अडान लिएका छन् ।

    महोत्तरीको बर्दिवासमा बिहीबार आयोजित आमसभालाई सम्बोधन गर्दै थापाले विद्यमान प्रतिनिधि सभाको ५ वर्ष सरकार चलाउने जिम्मेवारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पाएका कारण नेपाली कांग्रेस प्रतिपक्षमै बस्नुपर्ने अडान प्रस्तुत गरे ।

    ‘५ वर्षसम्म सरकार चलाउने मौका पाएर पनि कम्युनिस्टले चलाउन सकेन । उसले पाएको जनादेश खण्डित भयो । हामीले त्यो जिम्मा पाएका छैनौं,’ उनले भने, ‘निकास दिन केही क्षण केही अप्रिय निर्णय गरेता पनि कांग्रेस अब मौका पायो भनेर २ वर्षका लागि सरकार चलाउने ध्येय राख्दैन । हामीलाई अर्काको भाग पनि चाहिएको छैन ।’

    कांग्रेसले अब देशलाई सम्हालेर निर्वाचनमा जाने र शानदार बहुमत प्राप्त गरेर आफ्नो भाग कांग्रेसले खाने नेता थापाले बताए ।

    युवा नेता थापाले नेकपाका नेताहरूको लोभका कारण देशको महत्त्वपूर्ण समय खेर गएको बताएका छन् । सुरूदेखि नै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरीत काम गर्दै आए पनि केही नबोल्ने ती पार्टीका नेताहरू लोभ पूरा नहुँदा अहिले आएर विरोध गर्न थालेको थापाले आरोप लगाए ।

    ‘प्रचण्ड र माधव नेपाल पनि त्यही पार्टीमा रहेर अहिले उनीहरूलाई सडकमा हेरेका छौं । प्रधानमन्त्रीले ३ वर्ष ठूलो बितण्डा मच्चाउँदा पनि उहाँहरू बोल्नुभयो ? कसैले बोलेनन । आज राष्ट्रपतिले यो गर्नुभयो, त्यो गर्नुभयो भनेर बोलिरहनुभएको छ,’ उनले भने ।

    सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको बखत ३ जना सांसदको नाम सिफारिस गर्दा राष्ट्रपतिले त्यो नामलाई सांसदको रूपमा नमानेको स्मरण गर्दै नेता थापाले भने, ‘त्यसबेला संविधानको उल्लंघन भयो भनेर कांग्रेसले बोल्दै गर्दा कांग्रेसलाई हप्काएर ताली पिट्ने प्रचण्ड–नेपाल होइनन् ? अहिले प्रधानमन्त्रीले राष्ट्रपतिलाई सीमा नाघ्ने बनाउँदाखेरी त्यसको जिम्मेवारी उहाँहरूले बोक्नुपर्देन ?’

    एउटै पार्टीबाट सभामुख र उपसपभामुख बनाएर संवैधानिक व्यवस्थाको उल्लंघन भएको भनेर नेपाली कांग्रेसले विरोध गर्दा पनि प्रचण्ड–नेपालले सहयोग नगरेको समेत नेता थापाले स्मरण गरे ।

    ‘अहिले निर्वाचन आयोगले सूर्य चिह्न खाइदेला भन्दै रोएर उहाँहरू लाइनमा लाग्नुभएको छ,’ सांसद थापाले भने, ‘प्रधानमन्त्रीले निर्वाचन आयोगमा आफ्नो पार्टीको कारिन्दा भर्नुभएको छ, भर्न नदिनुस् भनेर संसदमा बोल्दा उहाँहरूले हामीलाई गिज्याएर बस्नुभयो ।’

    प्रधानमन्त्री ओलीले एकपछि अर्काे संविधान विपरीत काम गर्दैगर्दा प्रचण्ड, माधव, झलनाथ नबोल्नुको कारण सबैको मनमा लोभ रहेको नेता थापाले बताए । ‘अन्तिम समयसम्म पनि फकाउन पाइन्छ कि, भाग पाइन्छ कि भन्ने लोभ पालियो,’ थापाले भने, ‘कसैलाई प्रधानमन्त्री हुने लोभ, कसैलाई कम्युनिस्ट पार्टीको अध्यक्ष हुने लोभ, कसैलाई जुका जसरी मन्त्रीमा टाँसिरहनुपर्ने लोभ । सबैको मनमा लोभ भएका कारण यो अवस्था आएको छ ।’

    नारायणकाजी श्रेष्ठ र वामदेव गौतम चुनाव हारेपछि चुप लागेर बस्नुपर्नेमा संविधानको उल्लंघन गर्दै ढोकाबाट छिर्न नपाएपछि झ्यालबाट छिरेका नेता थापाले बताएका छन् ।

    महोत्तरीबाट चुनाव जितेका गिरिराजमणि पोखरेलप्रति समेत थापाले कटाक्ष गरे । ‘यहीँबाट जितेर जानुभएको पोखरेलजी जुका टाँसिएझैं सरकारमा गएर मन्त्रीमा बस्या बस्यै हुनुहुन्छ । कमरेडलाई जहिल्यै पनि मन्त्री हुनुपर्ने ? मन्त्रीबाट बाहिर बस्नै नहुने ?’ थापाले भने, ‘अहिले आएर प्रधानमन्त्रीले यो गर्‍यो, त्यो गर्‍यो भन्दै गर्दा त्यो ३ वर्ष किन चुइँक्क नबोलेको ? त्यो ३ वर्ष किन मन्त्रीमा टाँसिएर बसेको ? त्यो बेलामा विद्रोह किन नगरेको ? प्रश्न किन नगरेको ?’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७११:३७:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend