काठमाडौं – बिहीबार सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच वार्ता सफल भएपछि मन्त्रिरिषद्को बैठकबाट पहिलो उपहार दिइएको छ ।
केहीबेरअघि बसेको मन्त्रिपरिषद्को बैठकले विप्लवमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ ।
खानेपानी तथा सरसफाईमन्त्री मणि थापाले मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको बताए ।
यसअघि बिहीबार बिहान सरकार र विप्लव नेकपाबीच ३ बुँदे सहमति भएको थियो ।
भोलि शुक्रवार विप्लव सार्वजनिक कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।