काठमाडौं – नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले गरिरहेको आन्दोलनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपाल प्रवेश गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयमा नेविसंघले गरेको रिले अनशनमा अध्यक्ष नेपालले समर्थन गर्दै भौतिक उपस्थिति जनाएका छन् ।
अध्यक्ष नेपालले उपकूलपति कार्यालयबाहिर नेविसंघले गरेको विरोध कार्यक्रममा गएर समर्थन जनाएका हुन् । अध्यक्ष नेपालले नेविसंघले राखेको पुस्तिकामा हस्ताक्षर समेत गरेका छन् ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तत्काल घोषणा गर्नुपर्ने, त्रिविको क्यालेन्डर अनुसार नयाँ भर्ना सुरू गर्नुपर्ने, नेपाल विद्यार्थी संघ र त्रिभुवन विश्वविद्यालयबीच भएको २३ बुँदे सहमति कार्यान्वयन हुनुपर्ने, नेविसंघका विद्यार्थीमाथि लागेको मुद्दा फिर्ता हुनुपर्ने लगायतका माग राखेर नेविसंघको त्रिवि समितिले उपकूलपति कार्यालयबाहिर रिले अनशन गर्दै आएको छ ।
नेविसंघले कोरोना संक्रमणको महामारीका कारण परीक्षा र नतिजा प्रकाशमा ढिलाइ हुँदा विद्यार्थीको शैक्षिक वर्ष १ वर्ष ढिला हुने सम्भावना रहेकाले तत्काल नतिजा दिनुपर्ने माग समेत गरेको छ ।
आन्दोलनमा सहभागी भएका नेता नेपाललाई विद्यार्थीले भव्य स्वागत गरेका थिए ।


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।