आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसको हैसियत प्रधानमन्त्री बन्ने छैन, प्रचण्ड–नेपाललाई सहयोग गर्नुपर्छ : रामचन्द्र पौडेल

कांग्रेसको हैसियत प्रधानमन्त्री बन्ने छैन, प्रचण्ड–नेपाललाई सहयोग गर्नुपर्छ : रामचन्द्र पौडेल

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण २० २०७७

  • 7.9K
    SHARES

  • कांग्रेसको हैसियत प्रधानमन्त्री बन्ने छैन, प्रचण्ड–नेपाललाई सहयोग गर्नुपर्छ : रामचन्द्र पौडेल

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षलार्ई सहयोग गर्न सकिने बताएका छन् ।

    बिहीबार नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले कांग्रेसले अरुलाई सहयोग गरेर समेत देशलाई संकटबाट पार लगाउन सक्ने बताएका छन् ।

    ‘कांग्रेसले आफ्नो हैसियतमा रहेर अरुलाई सरकार चलाउन सहयोग गर्न सक्छ, त्यसमा कांग्रेसको भूमिका अझ महत्वपूर्ण हुन्छ । यसबारेमा पोजेटिभ हुन सकिन्छ, त्यस सम्बन्धमा छलफल हुन्छ,’ वरिष्ठ नेता पौडेलले भने । 

    प्रधानमन्त्री बन्न कांग्रेस सभापति शेरबहादुर देउवालाई सजिलो नभएको बताउँदै पौडेलले प्रधानमन्त्री हुनबाट देउवालाई रोक्न खोजेको नभई लोकतन्त्र र प्रणालीलाई के गर्दा राम्रो हुन्छ भन्नेबारे छलफल गरेर निष्कर्ष निकाल्नुपर्ने बताएका छन् ।

    ‘अहिलेको स्थिति नाजुक छ, संकटबाट देशलाई पार लगाउने जिम्मेवारी कसले लिने ? कांग्रेसबाहेक अरूले भूमिका खेल्न सक्ने हैसियत मैले देखेको छैन,’ उनले भने ।

    पार्टीको बिहीबार हुने पदाधिकारी बैठकमा आफूले केन्द्रीय समितिको बैठक माग गर्ने बताउँदै नेता पौडेलले नीतिगत निर्णय गरेर अघि बढ्नुपर्ने अवस्था देखिएको बताए । 

    ‘सरकारमा किन जाने, कसरी जाने, के रुपमा जाने भन्ने कुराहरु छलफल गर्छाैं,’ उनले भने ।

    अहिलेको भद्रगोल राजनीति कांग्रेसले सम्हाल्नुपर्ने बताउँदै पौडेलले भारत, चीन र अमेरिकालार्ई सुविधा हुने गरी नभई नेपालको प्रणालीलाई सुविधाजनक हुने गरी सरकार बन्नुपर्ने उनले बताएका छन् ।

    पौडेलले व्यवस्था प्रभावित गर्ने गरी आफूलाई कुनै पद नचाहिएको र अहिलेकै अवस्थाको राष्ट्रपति पद पनि आफूलाई कहिल्यै नचाहिने बताएका छन् । आफू बाँचुञ्जेल क्रियाशील भूमिकामा बाँचुञ्जेल रहने पौडेलले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend