काठमाडौं – सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग ३ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेको छ ।
बालुवाटारमा आज बिहीबार बिहान भएको वार्तामा ३ बुँदे सहमति भएको सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले बताएका छन् ।
सरकार र विप्लव नेकपाबीच बुधबारदेखि भइरहेको वार्ता बिहीबार निष्कर्षमा पुगेको हो । बालुवाटारमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेतृत्वको सरकारी वार्ता टोलीले विप्लवका प्रतिनिधिसँग वार्ता गरेको हो ।
विप्लव नेकपाको तर्फबाट नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले वार्ता टोलीको नेतृत्व गरेका थिए ।
सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र विप्लवको टोलीमा उदयबहादुर चलाउने ‘दिपक’ सदस्य रहेका छन् ।
विप्लवले शान्तिपूर्ण राजनीतिमा आउने, प्रतिबन्ध फुकुवा गर्ने र पक्राउ गरेकाहरूलाई रिहा गर्दै मुद्दा फिर्ता लिने सहमति भएको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।