शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

प्रचण्ड–नेपाल र जसपाको समर्थनमा देउवा प्रधानमन्त्री ! ओलीविरुद्ध यस्तो खेल

प्रचण्ड–नेपाल र जसपाको समर्थनमा देउवा प्रधानमन्त्री ! ओलीविरुद्ध यस्तो खेल

  • मिडिया डबली
  • बुधवार, फाल्गुण १९ २०७७

  • 6.2K
    SHARES

  • प्रचण्ड–नेपाल र जसपाको समर्थनमा देउवा प्रधानमन्त्री ! ओलीविरुद्ध यस्तो खेल

    काठमाडौं - प्रधानमन्त्रीको कुर्सीले प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सम्बन्ध खटपट हुने देखिएको छ ।

    ओलीको पक्षमा लागेका सांसदहरुलाई तान्ने प्रयास विफल भएपछि प्रचण्ड–माधव समूहले देउवालाई अघि सारेर ओलीलाई पदच्यूत गर्ने भित्री तयारी सुरु भएको छ ।

    त्यसैले प्रचण्ड–माधव समूहले देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरेका हुन् । ओलीलाई हटाउने अरु कुनै विकल्प नभएपछि देउवालाई प्रधानमन्त्री स्वीकार गर्ने अवस्थामा प्रचण्ड–माधव समूह पुगेको हो।

    सोमबार बसेको माधव–प्रचण्ड पक्षको स्थायी समिति बैठकले प्रचण्डलाई ओलीविरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्ताव अघि नबढाउने निर्णय गर्नुको कारण त्यही भएको विश्लेषण गरिएको छ ।

    नेकपा संसदीय दलमा प्रचण्ड नेपाल पक्षमा ८७ र ओली पक्षमा ८३ जना सांसद रहेको बताइन्छ ।

    प्रतिनिधिसभामा ६३ सांसद रहेको प्रमुख प्रतिपक्ष दल कांग्रेसका दुई जना सांसद निलम्बित अवस्थामा छन्। बाँकी ६१ जना सांसदले प्रधानमन्त्री चयनमा मतदान गर्न पाउँछन्। जसपाले साथ दिएमा प्रचण्ड–माधव समूहले भोट नहालेमा ओलीले विश्वासको मत गुमाउने अवस्था छ ।

    प्रतिनिधिसभा बैठक सुरु भएपछि कांग्रेसलाई प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन लगाउने प्रचण्ड माधव समूहको तयारी छ । हुन त आफूले प्रधानमन्त्री पद छाड्नुपर्ने अवस्था आए ओली पनि देउवालाई अघि बढाउने पक्षमा रहेको समाचार आइसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend