आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

दोभान आगलागीको थप विपत्ति रोक्ने कांग्रेस नेता डम्बर खड्काको त्यो सहयोग

दोभान आगलागीको थप विपत्ति रोक्ने कांग्रेस नेता डम्बर खड्काको त्यो सहयोग

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण १८ २०७७

  • 6.4K
    SHARES

  • दोभान आगलागीको थप विपत्ति रोक्ने कांग्रेस नेता डम्बर खड्काको त्यो सहयोग

    काठमाडौं – ताप्लेजुङको दोभानमा मंगलबार बिहान एकाएक आगलागी फैलियो । बजारमा टाँसिएर रहेका घर–पसलहरू एकपछि अर्काे गर्दै आगलागीको चपेटामा पर्दै गए ।

    एकैछिनमा बजारका ३५ घर जलेर नष्ट भए । सरकारी निकाय, स्थानीय प्रशासन, सांसदहरू कसैले पनि आगलागी नियन्त्रणमा कुनै प्रभावकारी काम गर्न सकेनन् । आगलागी झनझन् फैलिँदै गयो ।

    आगलागी नियन्त्रणको कुनै उपाय नभएका बेला नेपाली कांग्रेस इलामका युवा नेता डम्बर खड्काको एक सहयोगले आगलागीको थप विपत्ति रोकिएको छ । 

    आगलागीले थप घर जल्न नदिन स्काभेटरको प्रयोगबाट अग्नि नियन्त्रण रेखा निर्माण गरियो । जसबाट बजारका २० घर जल्नबाट जोगिएका छन् ।

    आगलागीको जोखिम कायमै रहेका बेला अग्नि नियन्त्रण रेखा निर्माणका लागि कांग्रेस नेता, समाजसेवी तथा गजुरमुखी निर्माण कम्पनीका डाइरेक्टर डम्बर खड्काको पहलमा तत्काल स्काभेटर ल्याइएको थियो ।

    त्यो स्काभेटरले बनेको अग्नि नियन्त्रण रेखाले आगो थप फैलिनबाट जोगाएपछि बजारको कम क्षति भएको छ । नेता खड्काले सहयोग सम्झिँदै स्थानीय बजारबासीले धन्यवाद दिइरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend