काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवसायी दुर्गा प्रसाईंसँग साँठगाँठ गरेर झापास्थित प्रस्तावित बीएण्डसी मेडिकल कलेजलाई प्रक्रिया मिचेर सम्बन्धन दिन लागेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति प्रकट गरेको छ ।
शिक्षा तथा विज्ञान प्रविधि मन्त्रीको ठाडो निर्देशनमा बीएण्डसीलाई सम्बन्धन दिन लागेको भन्दै कांग्रेसको शिक्षा विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रक्रिया मिचेर विश्वविद्यालयको स्वयतत्तामाथि हस्तक्षेप गर्दै राजनीतिक दबाब सिर्जना गर्न खोजेको कांग्रेसको ठहर रहेको छ ।
नेपाली कांग्रेसले राजनीतिक दबाब सिर्जना नगर्न भन्दै यस्ता कार्य गरे परिणाम दुःखद हुने चेतावनी समेत दिएको छ ।
नेकपा सरकार आफैंले बनाएको ऐन, नियम तथा विभिन्न समयमा गरेका सम्झौता विपरीत बारम्बार हस्तक्षेपका कार्य गर्नु खेदजनक र आपत्तिको कुरा भएको कांग्रेस शिक्षा विभागले जनाएको छ ।
मंगलबार प्रधानमन्त्री ओली स्वयं झापाको बिर्तामोडस्थित व्यवसायी प्रसाईंको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै मेडिकल कलेजलाई सम्बन्धन दिने प्रतिबद्धता जनाएका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।