काठमाडौं – सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई शान्तिपूर्ण राजनीतिमा ल्याउन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अकस्मात वार्ता टोली गठन गरेको छ ।
विप्लवसँगको वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्वमा उच्चस्तरीय वार्ता टोली गठन गरेको हो ।
मंगलबार सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलनको आयोजना गर्दै गृहमन्त्री थापाको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिए ।
समितिमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य रहने भएका छन् ।
मन्त्री गुरुङले विप्लव नेकपाले पनि छिट्टै वार्ता टोली गठन गर्ने र सरकारसँग छिट्टै वार्ता हुने विश्वास व्यक्त गरेका छन् ।
विप्लव नेकपाले समेत मंगलबार नै वार्ता टोली घोषणा गर्ने जनाइएको छ । विप्लव नेकपाले प्रवक्ता खड्गबहादुर विकको संयोजकत्वमा वार्ता टोली गठनको तयारी गरेको जानकारी स्रोतले दिएको छ ।
ओली सरकारले अहिले विप्लवलाई वार्तामा ल्याउने कोसिस गरेपनि यसअघि प्रतिबन्ध लगाएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।