शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images
राजनीतिक विशेष

केपी ओली जनताका संवेदनामा खेल्ने चतुर खेलाडी, आफ्नो अनुकूलताका जे पनि बोलिदिन्छन्

केपी ओली जनताका संवेदनामा खेल्ने चतुर खेलाडी, आफ्नो अनुकूलताका जे पनि बोलिदिन्छन्

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण १८ २०७७

  • 4.2K
    SHARES

  • केपी ओली जनताका संवेदनामा खेल्ने चतुर खेलाडी, आफ्नो अनुकूलताका जे पनि बोलिदिन्छन्

    काठमाडौं - प्रधानमन्त्री केपी ओली जनताका संवेदनामा खेल्ने चतुर खेलाडी हुन् । नाकाबन्दीका बेला त्यसको विरोध गरेर ओली निकै ठूलो राष्ट्रवादी नेता बने ।

    त्यही ब्याजले तीन तहको निर्वाचनमा तत्कालीन एमालेलाई बहुमत दिलाए । र, प्रधानमन्त्री बने । विकासका ठूल्ठूला गफ र आश्वासन बाँडे । चिनियाँ चुच्चे रेल ल्याउँछु भने । हिन्द महासागरमा नेपालको पानीजहाज कुदाउँछु भने ।

    घरघरमा ग्यासको पाइप जोड्छु भने । पूर्वपश्चिम सरर रेल कुदाउँछु भने । तर, तीन वर्षसम्म बालुवाटारको घेराबाट बाहिर नै निस्किन सकेनन् । झन्डै एक वर्षमा एकचोटि सिंहदरबार गए ।

    जब पार्टीमा अल्पमतमा परे र पद जाने अवस्था आयो प्रतिनिधिसभा नै विघटन गरिदिए । प्रतिनिधिसभा भंगलाई उनले अग्रगमन भने । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिएपछि ओली अहिले जबर्जस्ती विकास आयोजनाको शिलान्यास र उदघाटन गराउन देश दौडाहमा लागेका छन् ।

    आफ्नो शासनकालमा धेरै विकास भएको गफ दिन छाडेका छैनन् । बालुवाटारमा तीन सय बढी सुरक्षाकर्मीको घेरामा बस्ने ओलीले सोमबार पोखरामा आफ्नो पार्टीको भेलामा भनिदिए– ‘मलाई ज्यानको खतरा छ । ममाथि शारीरिक हमला भयो भने अनौठो नमान्नु होला ।’ ओलीको यो अभिव्यक्ति अहिले निकै विवादमा परेको छ । राजनीतिक दल र तिनका नेताले ओलीको यो पब्लिक सेन्टिमेन्ट क्यास गर्ने हथकण्डा ठानेका छन् ।

    तर सुरक्षा अंग र सुरक्षाविद्हरूले भने प्रधानमन्त्रीको यो अभिव्यक्तिप्रति आपत्ति नै जनाएका छन् । अरु देशमा कठिन समयमा पनि सरकार प्रमुख सुरक्षाको भरोसा दिलाउँछन्, नेपालमा प्रधानमन्त्री भन्छन्, ‘मलाई ज्यानको खतरा छ ।’

    दस वर्षे सशस्त्र युद्धबाहेक नेपालमा ठूला आक्रमण भएका छैनन् । मुलुकको परिस्थिति निकै सामान्य छ । यस्तो अवस्थामा प्रधानमन्त्रीको कुर्सीमा बसेको व्यक्तिले सुरक्षा अंगलाई थला नै पर्ने गरी अभिव्यक्ति नदिएको भए हुन्थ्यो भन्ने आमजनताको भनाइ छ ।

    प्रधानमन्त्री ओलीले पूर्वमाओवादी पक्षलाई खुइल्याउन आफूमाथि शारीरिक हमला हुन सक्ने दाबी गरेको हुन सक्ने बताइन्छ । नेकपामा रहेको ठूलो माओवादी हिस्सा उनीसँग असन्तुष्ट भएर निस्केको छ ।

    त्यसैले प्रचण्डलगायतका नेतालाई राजनीतिक रूपमा बदनाम गर्न ओलीले सुनियोजित तवरले सुरक्षाको थ्रेट रहेको बताएका हुन् । पूर्वडीआइजी हेमन्त मल्ल, रमेश खरेल, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्मा प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा आफू असुरक्षित रहेको अभिब्यक्ति दिंदा त्यसको सन्देश राम्रो नजाने बताउँछन् ।

    सस्तो लोकप्रियताका लागि सुरक्षाजस्तो गम्भीर बिषयमा हल्का टिप्पणी गरी प्रधानमन्त्रीले जनताको सहानुभूति लिन खोजेको सबैले अनुमान गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend