शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images
नेकपा बिबाद

फागुन ७ गते बिहानै जब ओलीले दूतावासबाट प्रतिनिधिसभा पुनःस्थापना हुँदैछ भन्ने सूचना पाए...

फागुन ७ गते बिहानै जब ओलीले दूतावासबाट प्रतिनिधिसभा पुनःस्थापना हुँदैछ भन्ने सूचना पाए...

  • मिडिया डबली
  • सोमवार, फाल्गुण १७ २०७७

  • 9.3K
    SHARES

  • फागुन ७ गते बिहानै जब ओलीले दूतावासबाट प्रतिनिधिसभा पुनःस्थापना हुँदैछ भन्ने सूचना पाए...

    काठमाडौं - प्रधानमन्त्री केपी ओली अहिले प्रतिनिधिसभा पुनःस्थापना भएमा आफूलाई केही फरक नपर्ने, आफू झन् बलियो बनेको, सक्ने भए अविश्वासको प्रस्ताव ल्याएर हटाउन आफ्ना विपक्षीलाई चुनौती दिन थालेका छन् ।

    तर, फागुन ११ गतेसम्म उनको दम्भ अर्कै थियो । म नै राज्य र कानुन हुँ भन्ने जसरी हिँडेका थिए । सर्वोच्च अदालतबाट फैसला आउनु चार दिनअघिबाट भने ओली निकै गलेका थिए ।

    उनका हाउभाउ र अभिव्यक्ति केही नरम हुन थालेको थियो । उनले त्यसको संकेत पनि गरिसकेका थिए । स्रोतका अनुसार ओलीले फागुन ७ गते नै प्रतिनिधिसभा पुनःस्थापना हुँदैछ भन्ने सूचना पाइसकेका थिए ।

    त्यो पनि भारतीय दूतावासबाट । प्रजातन्त्र दिवसको दिन बिहानै बालुवाटारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना हुँदैछ सूचना पाएपछि ओली निकै आक्रोशित भएको बताइन्छ ।

    त्यसबेला ओली सैनिक मञ्चमा आयोजना हुने प्रजातन्त्र दिवसको कार्यक्रममा सरिक हुन निस्कँदै थिए । सर्वोच्चले आफ्नो निर्णयविरुद्ध फैसला सुनाउँदैछ भन्ने सूचना पाएपछि ओलीले टुँडिखेलमा उपराष्ट्रपति नन्दबहादुर पुनसँग खटपट परेको थियो ।

    फागुन ८ गते विराटनगरमा आयोजित ओली समूहको नेकपाले आयोजना गरेको आमसभामा पनि ओलीले त्यस्तै छनक दिएका थिए । उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना सेटिङका आधारमा गर्नसक्ने भनेका थिए ।

    यस्तै, फागुन १० गते कञ्चनपुरमा आयोजित आमसभामा ओलीले प्रतिनिधिसभा पुनःस्थापना भए पनि आफ्नो राजनीति नसकिने भन्दै सर्वोच्चले आफ्नो प्रतिकूलमा फैसला गर्दैछ भन्ने संकेत गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend