काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि सम्पूर्ण रुपमा प्रहार भइरहेकाले ज्यान नै तलमाथि भए पनि अनौठो नमान्न भनेका छन् ।
सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भने, ‘सम्पूर्ण रुपमा ममाथि प्रहार अत्यन्तै तीब्र गतिले केन्द्रित छ । ममाथि कुनै शारीरिक हमला नै भयो, मेरो ज्यान नै तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला । तर त्यसो हुन दिइने छैन । हामी सतर्कता अपनाउनेछौं ।’
ओलीले आफू नरहे पनि पार्टीलाई तलमाथि हुन दिन नहुने बताएका छन् । ‘तपाईं छाड्दिनुस्, जिम्मेवारी छाड्दिनुस् एकता हुन्छ, त्यसो भएदेखि हामीले देशलाई भँड्खालामा लगेर हाल्न पाउँछौं भन्ने उनीहरुको कुरा छ,’ उनले भने, ‘त्यस कुरामा अल्मलिनु हुँदैन साथीहरु ।’
ओलीले अर्को पक्षले आफूहरुसँग केन्द्रीय कमिटीमा बहुमत रहेको दाबी गरे पनि त्यो बहुमत आफूले नै दिएको दाबी गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।