शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

देउवा, रामचन्द्र र मेरो सम्बन्ध २०३१ सालदेखि हो, जेलमा हिमचिम बढ्यो : केपी ओली

देउवा, रामचन्द्र र मेरो सम्बन्ध २०३१ सालदेखि हो, जेलमा हिमचिम बढ्यो : केपी ओली

  • मिडिया डबली
  • आइतवार, फाल्गुण १६ २०७७

  • 13.3K
    SHARES

  • देउवा, रामचन्द्र र मेरो सम्बन्ध २०३१ सालदेखि हो, जेलमा हिमचिम बढ्यो : केपी ओली

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग २०३१ सालदेखि आफ्नो सम्बन्ध रहेको बताएका छन् ।

    आईतबार हिमालय टेलिभिजनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले आफू जेलमा रहेका बेला देउवा र पौडेलसँग भेट भएको बताए ।

    ‘म जेलमा थिएँ, उहाँहरू (देउवा र पौडेल) गोलघरमा आउनुभयो । उहाँहरूसँग निरन्तर सम्पर्क र हिमचिम हो,’ उनले भने, ‘हामी अलग–अलग पार्टीमा छौं, आ–आफ्नो राजनीति गर्छाैं । तर लोकतन्त्रका लागि प्रतिबद्ध छौं ।’

    ओलीले देउवासँग ‘परमानेन्ट एग्रिमेन्ट’ रहेको बताए । ‘लोकतन्त्रका लागि लड्ने, आ–आफ्नो ठाउँबाट लड्ने ‘परमानेन्ट एग्रिमेन्ट’ हो,’ ओलीले भने ।

    सर्वोच्च अदालतको फैसलाले संवैधानिक हार भयो नि भन्ने प्रश्नमा ओलीले भने, ‘के मा हरायो ? राजीनामा देउ भन्यो ? अदालतले यस्तो अवस्थामा राजीनामा दिनुपर्छ भन्यो ?’

    राजीनामा पत्रबारे गरिएको प्रश्नमा ओलीले भने, ‘पत्र चाहिँ म लेख्दिनँ । मैले लेख्नुपर्ने अवस्था होइन, छैन । मैले अरु बाटा समाउन सक्छु । आवश्यक परे विश्वासको मत लिन सक्छु । विश्वासको मतमा मलाई हराउन पर्‍यो नि ! विश्वासको मत पनि लिइनँ भने अर्को पनि मेरो बाटो हुन सक्छ ।’

    प्रचण्डलाई कांग्रेस र राजपाको साथ नरहने दाबी ओलीले गरे । ‘कांग्रेस र मधेसवादी दलले राजनीति गरेको, पार्टी खोलेको कुनै अमुक महत्त्वकांक्षी व्यक्तिलाई प्रधानमन्त्री बनाउन हो ?’ ओलीले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend