आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

हिन्दू धर्मको संरक्षण गर्दै कांग्रेस नेता डम्बर खड्का 

हिन्दू धर्मको संरक्षण गर्दै कांग्रेस नेता डम्बर खड्का 

  • मिडिया डबली
  • शनिवार, फाल्गुण १५ २०७७

  • 6.2K
    SHARES

  • हिन्दू धर्मको संरक्षण गर्दै कांग्रेस नेता डम्बर खड्का 

    काठमाडौं – नेपाली कांग्रेसका युवा नेता तथा इलामका अग्रज समाजसेवी डम्बर खडकाले देउमाई नगरपालिका–९ जीतपुरको मार्सीटोलमा नवनिर्मित किराँतेश्वर शिवालय मन्दिरलाई १ थान धातु जडित शिवको मूर्ति हस्तान्तरण गरेका छन् ।

    स्थानीय भक्तजनहरूको उपस्थितिमा मन्दिर निर्माण समितिका अध्यक्ष कमल खनालसहित सदस्यहरूमार्फत खड्काले मूर्ति हस्तान्तरण गरेका छन् ।

    मूर्ति स्थापनापछि समितिका अध्यक्ष खनालले जिल्लाभर स्थापना भएका मठ मन्दिरमा मूर्ति दिने नेता खड्काको प्रशंसा गर्दै आगामी दिनमा पनि भगवान् शिवजीले यसरी नै मठमन्दिर, असहाय गरीब, दीनदुःखी र बिरामीको सेवा गर्ने आशिर्वाद प्रदान गरुन् भन्दै कामना गरेका छन् ।

    इलाम जिल्लामा असहाय, असक्त, गरीब, दुःखी लगायत अप्ठ्यारोमा परेका बिरामी अस्पतालमा पुग्दा पहिलो पटक डम्बर खड्कालाई सम्झने गरेको सत्यता समेत उनले बताए । ‘धन मात्र भएर हुँदैन, मानिससँग सेवा गर्ने सामर्थ्य र मन पनि हुनुपर्छ भन्ने प्रमाण डम्बर खड्काले देखाएका छन्,’ उनले भने, ‘यो देशभरमा उदाहरणीय पनि छ, यस्तै सामाजिक कार्य गरेकाले राष्ट्रिय सम्मान समेत प्राप्त गर्नुभएको छ, उहाँबाट हाम्रा भावी पिँढीलाई समेत यस्ता महान कार्य गर्ने प्रेरणा मिलोस् भन्दै भगवान शिवजीसँग कामना छ ।’

    नेता खड्काले देउमाई नगरपालिका–३ जलजलेमा समेत नवनिर्मित दूर्गामाता मन्दिरलाई अध्यक्ष नरबहादुर राउतमार्फत पित्तल जडित दूर्गा भवानीको  २० किलोग्राम बराबरको मूर्ति एक कार्यक्रमबीच पदस्थापन गरिदिएका छन् । मन्दिरमा मूर्ति पदस्थापन पछि भेला भएका भक्तजनमाझ आयोजित कार्यक्रममा मन्दिरका सचिव थिरकुमार बस्नेतले पछिल्लो समय युवाहरू हिन्दू धर्म संरक्षणमा नलागेको परिवेशमा नेता खड्काले हिन्दू धर्म संरक्षणमा महत्त्वपूर्ण योगदान दिएकोमा प्रशंसा गरे । ‘हिन्दू धर्म संरक्षण अभियानमा सदैव सेवा गर्न पुगोस् भनेर दूर्गा मातासँग हामी सबैको तर्फबाट कामना गर्दछु,’ उनले भने । 

    कार्यक्रममा नेता खड्कालाई श्रद्धालु भक्तजनको तर्फबाट खादा, फूल तथा टोपी ओढाएर सम्मान समेत गरिएको थियो । कार्यक्रममा बोल्दै नेता खड्काले हिन्दू धर्म विश्वमा भएका सबै धर्ममध्ये उत्कृष्ठ धर्म भएकाले यसलाई सम्मान गर्नुपर्ने बताउँदै हिन्दू धर्मले कुनै धर्मको आलोचना नगर्ने र सबै धर्मको सम्मान गर्ने बताए ।

    153278725_266982931618213_2320704161466409164_n.jpg

    ‘भगवान् कहाँ छन् भनेर आफैंलाई चिन्नुपर्छ, यही भगवान् पाइन्छ । सत्कर्म सद्विचारले मानवलाई सफलतामा पुर्‍याउँछ । अमृत रोप्दा विष फल्दैन र विष रोप्दा अमृत हुँदैन,’ उनले भने । उनले अहिले सबैतिरबाट हिन्दू धर्म खस्किँदै गइरहेकाले यसको मर्म बुझेर सबै हिन्दू धर्मावलम्बी एकजुट भएर लाग्नुपर्ने समेत बताए । 

    समाजसेवी तथा कांग्रेसका युवा नेता खड्काले इलामको ऐतिहासिक सिंहबाहिनी मन्दिरलाई जीर्णोद्धार गर्न करीब ६५ लाख रुपैयाँ बराबरको सहयोगमा पित्तल जडित छानो लगाइदिएका छन् । इलाम नगरपालिका–५ को वेद पाठशालामा समेत आर्थिक सहयोग गरेका छन् ।

    नेता खड्काले माइपोखरीको शिव मन्दिरमा जस्तापाता, साँगरुम्बाको शिव मन्दिरमा गेट निर्माण, इलाम नगरपालिका–६ को बहुधार्मिक संग्राहलयमा ५ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गर्नुका साथै जिल्लाभरका अधिकांश सामाजिक उद्देश्यले लगाइएका पुराणहरूमा आथिक सहयोग गरेका छन् । खड्काले इलाम जिल्लाका ६५ वटा मठ मन्दिरमा मूर्ति पदस्थापन गरिसकेका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend