शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

गगन थापाको गर्जन : अब चुनाव हुन्छ, सानदार जीतसहित कांग्रेसको सरकार बन्छ

गगन थापाको गर्जन : अब चुनाव हुन्छ, सानदार जीतसहित कांग्रेसको सरकार बन्छ

  • मिडिया डबली
  • शनिवार, फाल्गुण १५ २०७७

  • 7.3K
    SHARES

  • गगन थापाको गर्जन : अब चुनाव हुन्छ, सानदार जीतसहित कांग्रेसको सरकार बन्छ

    काठमाडौं – नेपाली कांग्रेसका चर्चित युवा नेता गगनकुमार थापाले यतिबेला कांग्रेस सरकारमा जाने नभई अब देश चुनावमा गएको बताएका छन् ।

    सिन्धुलीको तीनपाटन गाउँपालिकामा नेपाली कांग्रेस गाउँ कार्यसमितिद्वारा आयोजित आमसभामा सम्बोधन गर्दै नेता थापाले पुस ५ गते प्रधानमन्त्रीको असंवैधानिक कदमको प्रसंग कोट्याउँदै अब संविधानको ट्रयाकमा बसेर देश निर्वाचनमा जाने दाबी गरे ।

    ‘यदि संसद विघटन सदर भएको भए संविधान मिचेर चुनाव हुन्थ्यो तर अब संविधानको ट्रयाकमा बसेर देश चुनावमा जान्छ,’ नेता थापाले भने, ‘हामी सरकारमा जान्छौं तर कसैको भागमा रमाएर होइन, निर्वाचनमा सानदार जीतसहित जान्छौं ।’

    नेता थापाले प्रधानमन्त्रीको रुपमा अझै केपी ओली नै रहेकाले अझै संकट नटरेको बताए । ‘प्रधानमन्त्रीको असंवैधानिक कदमलाई अदालतले ठाउँमा ल्याए पनि सन्किएको चालक ड्राइभर सिटमै भएकाले अझै अर्को ठाउँमा खसाल्ने खतरा छ,’ उनले भने ।

    तर अहिलेको अवस्थालाई संसदमा बसेर आफूहरूले सम्हाल्ने बताउँदै थापाले आफ्ना कार्यकर्तालाई चिन्ता नलिन अनुरोध गरे ।

    शनिवार तीनपाटन गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी ९४५ जनाले कांग्रेस पार्टी प्रवेश गरेका छन् । नवप्रवेशीलाई नेता थापाले पार्टीमा स्वागत गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७११:३७:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend