काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली सकुनीको भूमिकामा रहेका आरोप लगाएका छन् ।
काठमाडौंमा शनिवार पार्टीसम्बद्ध शिक्षकहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘जेलमा बस्दा महाभारत र चाणक्यबाहेक केही पढेनछन् । सकुनी खुब मनपर्छ उनलाई ।’
महाभारतमा सकुनी नकारात्मक भूमिकाका चर्चित पात्र रहेका छन्, सकुनीले ५ भाइ पाण्डवलाई वनबास पठाउन चाल चलेका थिए । सकुनीलाई छलकपट, अन्याय र अत्याचारका प्रतीकका रूपमा चिन्ने गरिएको छ ।
विचार, सिद्धान्त र इमान्दारितामा कुनै मतलब नभएको तथा जालझेल मात्र जानेको भन्दै प्रचण्डले ओलीलाई सकुनीसँग तुलना गरेका छन् ।
प्रचण्डले आफ्नो पक्ष नै आधिकारिक पार्टी भएको भन्दै जनतालाई प्रस्ट पार्न पार्टीनिकट शिक्षकलाई आग्रह गरेका छन् । ‘तपाईंहरूलाई पनि डर लाग्छ होला, माओवादी नै भइयो कि क्या हो ? प्रचण्डको कार्यकर्ता भइसकियो त ? एमाले त केपी ओली भन्छन् भनेर तपाईं धरमराउनुभयो भने यता माओवादीमा बल्ल माधवको फेला पर्यो, थाहा पाउँछन् नि केही दिनपछि यस्तो पारिदिन सिपालु छन् केपी,’ प्रचण्डले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।