आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

बालुवाटारमा केपी ओलीको एकै निर्णयले प्रचण्डलाई ठूलो धक्का ! नेकपाभित्र तरङ्ग

बालुवाटारमा केपी ओलीको एकै निर्णयले प्रचण्डलाई ठूलो धक्का ! नेकपाभित्र तरङ्ग

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण १४ २०७७

  • 9.6K
    SHARES

  • बालुवाटारमा केपी ओलीको एकै निर्णयले प्रचण्डलाई ठूलो धक्का ! नेकपाभित्र तरङ्ग

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा संसद विघटन गरेको निर्णय सर्वाेच्च अदालतले बदर गरिदिएपछि ओलीलाई ठूलो धक्का लाग्यो । तर पनि ओली अझै आसेपासेलाई नियुक्ति दिन रोकिएनन् ।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री ओलीले नेकपा प्रचण्ड–नेपाल पक्षमा रहेका संसदीय दलको प्रमुख सचेतक देव गुरुङलाई हटाएर प्रचण्डलाई ठूलो धक्का दिएका छन् । गुरुङ पूर्व माओवादी पक्षबाट प्रमुख सचेतक बनेका थिए ।

    नेकपा संसदीय दलका नेता रहेका ओलीले गुरुङलाई हटाएर खोटाङका सांसद विशाल भट्टराईलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् ।

    ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार शुक्रबारदेखि भट्टराईलाई नयाँ नियुक्ति दिइएको छ । संसद विघटन गर्नुअघि पनि ओलीले गुरुङको राजीनामा मागेका थिए । तर उनी राजीनामा नदिई प्रचण्ड पक्षमा लागेका थिए ।

    niyuk.jpg

    नेकपाको प्रचण्ड–माधव पक्षले यसअघि नै ओलीलाई संसदीय दलको नेताबाट हटाइसकेको छ भने प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ । तर यो निर्णयलाई निर्वाचन आयोगले मान्यता दिएको छैन । संसद पुनर्स्थापना भएको अवस्थामा पार्टीको प्रमुख सचेतक पदलाई महत्त्वपूर्ण र ठूलो पद मानिन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend