आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images
राजनीतिक बिशेष

ऋषि कट्टेलले नेकपा लाने सम्भावना, ओली र प्रचण्डलाई राम्रै झट्का लाग्ने

ऋषि कट्टेलले नेकपा लाने सम्भावना, ओली र प्रचण्डलाई राम्रै झट्का लाग्ने

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण १४ २०७७

  • 7.5K
    SHARES

  • ऋषि कट्टेलले नेकपा लाने सम्भावना, ओली र प्रचण्डलाई राम्रै झट्का लाग्ने

    काठमाडौं - सर्वोच्च अदालतले फागुन २० गते नेकपा विवादबारे फैसला गर्ने मिति तोकेपछि डबल नेकपाका नेता कार्यकर्ता तनावमा परेका छन् ।

    निर्वाचन आयोगले ‘नेपाल कम्युनिस्ट पार्टी’को नामसँग मिल्ने गरी तत्कालीन नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रबीचको एकतापछि बनेको ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)’को नामलाई आधिकारिकता दिएको भन्दै नेकपाका अध्यक्ष ऋषि कट्टेलले २०७५ मंसिर २१ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

    तर, दुई वर्षपछि उक्त रिटमाथि सुनुवाइ भएपछि त्यतिबेलै चासो बढेको थियो । अझ बिहीबार न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले फागुन २० गतेको मिति तोक्नुलाई अर्थपूर्ण मानिएको छ ।

    अहिले फागुन २० गते सर्वोच्चले दिने फैसलाले केपी ओली र प्रचण्डलाई राम्रै झट्का लाग्ने अनुमान गरिएको छ । अब सो पार्टीको नाम कट्टेल नेतृत्वको नेकपाले पाए वर्तमान सरकारमा रहेको पार्टीले अर्को नाम पेस गर्नुपर्ने हुन्छ ।

    यस्तो अवस्थामा कुन नाम लिएर जाने भन्ने बारेमा प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड फेरि एक ठाउँमा आउनुपर्ने हुन्छ । किनभने सर्वोच्चले नाम फेर्न भनेमा तत्कालीन एमाले र माओवादीबीचको एकता शून्य ठाउँबाट सुरु हुने निश्चित छ ।

    यस्तो अवस्थामा ओली र प्रचण्ड पार्टीको नाम फेरौं भनेर फेरि एक ठाउँमा आउलान् ? सर्वत्र चासो देखिएको छ । किनकि अहिले ओली र प्रचण्डबीच बोलचाल बन्द छ । अहिले नेकपाको दुवै समूह राजनीतिक रुपमा विभाजन भइसकेको र कानुनी रुपमा विभाजन नभएको अवस्था छ ।

    प्रचण्ड–माधव समूह कुनै पनि हालतमा ओलीसँग मिल्न नहुने अडानमा छन् । तर, दुवै पक्षका युवा नेताहरू वृद्ध नेतालाई अवकाश लिन दबाब दिइरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend