सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

कांग्रेस र जसपाको कुरा मिल्यो, देउवाको जस्तै प्रश्न उठेपछि प्रचण्ड झसङ्ग !

कांग्रेस र जसपाको कुरा मिल्यो, देउवाको जस्तै प्रश्न उठेपछि प्रचण्ड झसङ्ग !

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण १३ २०७७

  • 12.3K
    SHARES

  • कांग्रेस र जसपाको कुरा मिल्यो, देउवाको जस्तै प्रश्न उठेपछि प्रचण्ड झसङ्ग !

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले सत्ता सहकार्यका लागि नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग छलफल अगाडि बढाइरहेका बेला कांग्रेस र जसपाको कुरा मिल्ने गरी प्रचण्डमाथि उस्ताउस्तै प्रश्न तेर्सिएका छन् ।

    संसदको तेस्रो ठूलो दल जसपाका नेताहरूले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई कुन नेकपा आधिकारिक हो भनेर प्रश्न गरेका छन् । यसअघि कांग्रेस सभापति देउवाले समेत प्रचण्डलाई आधिकारिकताको प्रश्न गरेका थिए ।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रचण्ड–नेपाल पक्षले जसपालाई सहकार्य गरेर अगाडि बढ्न प्रस्ताव गरेपछि जसपाले उल्टै आधिकारिकताको प्रश्न गरेको छ ।

    पार्टीको आधिकारिकतबारे छलफलमा प्रश्न गरिएको जसपा नेता राजेन्द्र महतोले बताए । उनले भने, ‘तपाईंहरूको कुन पार्टी हो ? बडो अलमल पर्‍यो, पहिला कुन पार्टी आधिकारिक हो टुंगो लगाउनुस् भनेर भन्यौं । सहकार्यका लागि तपाईंहरुले राखेका कुरा बैठकमा राखौंला भनेर जवाफ दियौं ।’

    सभापति देउवालाई भेटेर नेपाली कांग्रेससँग सहकार्यको प्रस्ताव राखेको भोलिपल्ट प्रचण्ड–नेपाल पक्षले जसपाका नेताहरुसँग छलफल गरेको हो । जसपाले विगतमा भएका सम्झौताबाट आफूहरु ठगिएको र जुनसुकै सरकार बने पनि मधेशका मुद्दामा संघर्ष गरिरहने नेता राजेन्द्र महतोले बताएका छन् ।

    ‘हामीले विगतमा पटक–पटक धोका खाएका छौं । जति पनि सम्झौता भए, कांग्रेस, एमाले, माओवादीले गरेका ती सम्झौताबाट पछि हटेर संविधान बनाइएका थिए । अन्तरिम संविधानबाट पछि हटेर एक खालको प्रतिगमन भएको थियो, संविधानमा रहेका त्रुटिहरु कमीकमजोरी हटाउनको लागि संघर्ष गरिने छ,’ महतोले भने । 

    प्रचण्ड–नेपाल पक्षसँगको छलफलका लागि जसपा अध्यक्ष महन्थ ठाकुर, नेता महतो र राजेन्द्र श्रेष्ठ नेकपा कार्यालय पेरिसडाँडा पुगेका थिए । सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेलगत्तै प्रचण्ड–नेपाल पक्षले दलहरुसँगको छलफललाई तीब्र बनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend