शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

देशभर सुरक्षाकर्मी ‘हाईअलर्ट’, ओलीले तत्कालै राजीनामा नदिने, प्रचण्डको यस्तो तयारी

देशभर सुरक्षाकर्मी ‘हाईअलर्ट’, ओलीले तत्कालै राजीनामा नदिने, प्रचण्डको यस्तो तयारी

  • मिडिया डबली
  • बुधवार, फाल्गुण १२ २०७७

  • 8.7K
    SHARES

  • देशभर सुरक्षाकर्मी ‘हाईअलर्ट’, ओलीले तत्कालै राजीनामा नदिने, प्रचण्डको यस्तो तयारी

    काठमाडौं – सर्वोच्च अदालतले प्रतिनिधिसभा संसद पुनःस्थापनाको फैसला गरेसँगै नेपाल प्रहरीले देशभरको सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाउँदै हाईअलर्ट बनेको छ ।

    सम्भावित घटनालाई विचार गर्दै प्रहरीले उच्च सतर्कता अपनाएको नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले बताए ।

    भीडभाड तथा जुलुस निस्कन सक्ने क्षेत्रमा आवश्यक मात्रामा सुरक्षाकर्मी बढाइएको र शान्ति सुरक्षा कायम गर्न प्रहरीले विशेष ध्यान दिएको कुँवरले जानकारी दिए ।

    ‘अहिलेको अवस्थामा सुरक्षा स्थिति सामान्य छ, जे पनि हुनसक्छ भन्ने कुरालाई ध्यानमा राखेर उच्च सतर्कता अपनाइएको छ,’ कुँवरले भने, ‘संवेदनशील क्षेत्रमा निगरानी समेत बढाइएको छ ।’

    नेपाल प्रहरी र सशस्त्र प्रहरीले सर्वोच्चको फैसला आउनसक्ने परिस्थितिलाई ध्यानमा राख्दै यसअघि आवश्यक तयारी समेत गरिसकेको छ । सुरक्षा निकायले संसद पुनःस्थापना हुँदा र नहुँदाका लागि भनेर छुट्टाछुट्टै सुरक्षा योजना तयार पारेको जनाइएको छ ।

    हिजो मंगलबार फैसला भएसँगै त्यसलाई समन्वयात्मक रूपमा सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जानकारी दिएको छ ।

    यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्च अदालतको फैसलाबाट राजनीतिक समस्याको समाधान नहुने बताए । थापाले फैसलापछि बरु अस्थिरता बढ्ने दाबी गरे ।

    ‘सर्वाेच्च अदालतले गरेको फैसला विवादास्पद छ तर मान्नुपर्छ र कार्यान्वयन गर्नुपर्छ । यसका दुष्प्रभावहरु भविष्यमा देखिँदै जाने निश्चित छ । यसबाट राजनीतिक समस्याहरुको कुनै हल हुने अवस्था पनि छैन । बरु अस्थिरता अझै बढ्ने छ । सत्ताको खेल बढ्ने छ,’ उनले फेसबुकमा लेखेका छन् ।  

    उनले प्रतिनिधिसभा विघटनको निर्णय बदर भए पनि प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको सामना गरेरै फैसला कार्यान्वयन गर्ने बताए । सर्वोच्चको फैसलापछि ओलीले नैतिकताको आधारमा राजीनामा दिन्छन् कि भन्ने अड्कलबाजी भइरहेका बेला उनले सहजै राजीनामा नगर्ने बरु संसदमा अविश्वासको प्रस्ताव फेस गर्ने संकेत समेत गरे । ‘प्रधानमन्त्रीले प्रतिनिधि सभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन,’ उनले भने ।

    यस्तै, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर भाबी योजना बनाउने बताएका छन् । सर्वाेच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेपछि हिजो मंगलवार साँझ बीबीसी नेपाली सेवासँग कुरा गर्दै अध्यक्ष प्रचण्डले कांग्रेस लगायत दलसँग छलफल गरिने बताए ।

    अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीलाई हटाउनेबारे केही नसोचेको जवाफ समेत दिएका छन् । तर प्रचण्ड पक्षीय नेत्री रामकुमारी झाँक्री भने राष्ट्रपति भण्डारीविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुने गरेकी छन् ।

    अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भण्डारीलाई ‘ब्ल्याकमेल’ गर्ने कोसिस गरेको भन्दै आफूहरुले कहिल्यै त्यसो नगरेको स्पष्ट पारेका छन् । राष्ट्रपतिलाई हटाउनुहुन्छ भन्ने बीबीसीको प्रश्नमा प्रचण्डले भने, ‘हामी अहिले त्यतातिर सोचकै छैनौं । राष्ट्रपतिलाई ब्ल्याकमेल गर्ने कोसिस केपी ओलीले गर्नुभएको हो । हामीले कहिल्यै त्यसो गरेका छैनौं । हामी राष्ट्रपति हटाउनेतिर लाग्दैनौं ।’

    प्रचण्डले केपी ओलीलाई अध्यक्ष मानेर जाने सम्भावना नरहेको बताउँदै दलहरुसँग समझदारी गरेर अगाडिको बाटो तय गर्ने बताएका छन् ।

    प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि यसबारे कुरा गरिसकेको बताउँदै भोलि चितवनबाट फर्किएपछि थप कुराकानी गर्ने बताएका छन् ।

    ‘भर्खरै नेपाली कांग्रेससँग पनि र अन्य पार्टीसँग पनि कुरा भएको छ । राति नै वा भोलि बिहानसम्म काठमाडौं पुग्छौं । त्यसपछि राजनीतिक पार्टीहरुसँग वार्ता गरेर जसरी देशको हित हुन्छ, सहमति बन्छ हामी त्यसरी नै अगाडि बढ्छौं,’ प्रचण्डले भनेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend