शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

सर्वाेच्चको फैसलाले गगन थापा खुसी, यस्तो दिए प्रतिक्रिया

सर्वाेच्चको फैसलाले गगन थापा खुसी, यस्तो दिए प्रतिक्रिया

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण ११ २०७७

  • 9.5K
    SHARES

  • सर्वाेच्चको फैसलाले गगन थापा खुसी, यस्तो दिए प्रतिक्रिया

    काठमाडौं – सर्वाेच्च अदालतले प्रतिनिधिसभा संसद पुनःस्थापना गरिदिएपछि नेपाली कांग्रेसका चर्चित युवा नेता गगनकुमार थापा हर्षित भएका छन् ।

    सामाजिक सञ्जालमा लेख्दै नेता थापाले ‘हामी सबैलाई बधाई !’ भन्दै प्रतिक्रिया जनाएका छन् ।

    उनले लेखेका छन्, ‘संविधानविरुद्ध षड्यन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको छ । अदालतले विना भय र दबाब विवेकसम्मत रूपमा संविधानको पक्षमा दृढतापूर्वक आफूलाई उभ्याउँदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको छ ।’

    सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको निर्णयलाई बदर गर्दै संसद पुनःस्थापना गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन बदर गर्ने फैसला गरेको हो ।

    संवैधानिक इजलासमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका थिए ।

    सर्वोच्च अदालतले फैसलामा १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउनुपर्ने आदेश दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएको थियो । राष्ट्रपतिले आगामी बैशाख १७ र २७ गते चुनाव गर्ने गरी मिति घोषणा गरेकी थिइन् । तर अदालतले त्यसलाई बदर गरिदिएको छ ।

    प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङसहित कानून व्यवसायीले १३ वटा रिट सर्वोच्च अदालतमा दायर गरेका हुन् । सर्वोच्चमा परेका रिटमाथि पुस ८ गतेदेखि  सुनुवाइ भएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७११:३७:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend