काठमाडौं – प्रधानमन्त्रीको कानूनी सल्लाहकारका रूपमा रहने महान्यायाधीवक्ता अग्नि खरेलले राजीनामा दिएको हल्लापछि उनले प्रस्टीकरण दिएका छन् ।
विभिन्न मिडियामा खरेलले राजीनामा दिएको भन्दै समाचार प्रकाशित भएपछि खरेलले आफूविरुद्ध षड्यन्त्र भन्दै दाबी गरेका छन् ।
‘मैले राजीनामा दिएको होइन । बाहिर फैलिएका हल्लाहरू मेराविरुद्ध फैलाइएका झुटा कुरा हुन्,’ उनले भने ।
मंगलवार बिहानैदेखि खरेलले राजीनामा दिएको भन्दै समाचारहरु प्रकाशित भएका थिए ।
संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथिको फैसला आउने दिन नजिकिँदा खरेलले राजीनामा दिएको हल्ला फैलिएको हो । २०७४ सालमा प्रधानमन्त्री निर्वाचित भएलगत्तै ओलीले खरेललाई महान्यायाधीवक्ता नियुक्त गरेका थिए ।
प्रतिनिधिसभा विघटनविरुद्ध रिटमाथिको फैसला १–२ दिनभित्र आउने चर्चा चलेको छ । आज मंगलबार संवैधानिक इजलासमा हेर्दाहेर्दै पेसी तोकिएको छ ।
विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट दर्ता भएका छन् । प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सदस्य रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।