काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सुरक्षा परिषद्को बैठकपछि मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
आज मंगलवार बिहान ९ बजे बस्ने गरी परिषद् बैठक बोलाइएको छ । परिषद् बैठकमा देशमा विकसित पछिल्ला घटनाक्रम र सुरक्षाका विषयमा छलफल हुने जनाइएको छ ।
राष्ट्रिय सुरक्षा परिषद्को बैठक सकिएपछि मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । मन्त्रिपरिषद् बैठक १० बजे बस्ने गरी सूचना आएको एक मन्त्रीले जानकारी दिए ।
प्रतिनिधिसभा विघटनपछि सर्वोच्चमा परेको रिटको फैसलालाई मध्यनजर गर्दै आजै राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाइएको छ । सर्वोच्चले प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दाको फैसला १–२ दिनभित्रै सुनाउने तयारी गरेको छ ।
प्रधानमन्त्री ओलीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने संवैधानिक व्यवस्था रहेको छ । सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति रहने व्यवस्था रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।