काठमाडौं - प्रधानमन्त्री केपी ओली यतिबेला आफूलाई असहज लाग्ने विषय र मूल्यमान्यता भत्काउँदै जान थालेका छन् । आफूलाई अप्ठयारो पर्यो भने ओली संविधान, विधिविधान केही पनि हेर्दैनन् भन्ने कुरा बहुमत हुँदाहुँदै प्रतिनिधिसभा विघटन गरेको कुराले सिद्ध हुन्छ ।
अब उनको आँखा प्रदेश सभातिर लागेको छ । केही दिनभित्रै उनले प्रदेश सभा पनि विघटन गर्ने आशंका गरेका छन् । ओलीले आफूलाई अहिले जे जसरी राजा–महाराजाको शैलीमा उतारेर संविधानले दिँदै नदिएको अधिकारसमेत रहेको भन्दै संविधान च्यातच्यूत पार्ने काम गरेका छन्, यी सबैको पछाडि उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीको साथ छ ।
सोही कारण अहिले उनी उपराष्ट्रपति र सभामुखलाई समेत गालीगलौज गर्न थालेका छन् । सर्वोच्च अदाल र निर्वाचन आयोगको हुर्मत लिन थालेका छन् । यदि आफ्नो गुटको राष्ट्रपति नभएको भए उनी यसरी निरंकुश ढंगले चल्थे त ? भन्नेसमेत प्रश्न उब्जेको छ ।
प्रधानमन्त्रीले राष्ट्रपतिको साँठगाँठमा प्रतिनिधिसभा विघटनको निर्णय गरेको देखिएको छ । पूर्वराष्ट्रपति डा.रामवरण यादवले समेत संविधानमा ग्रहण लागेको बताइसकेका छन् ।
ओली पक्षले केन्द्रमा प्रतिनिधिसभा विघटनका विषयमा सर्वोच्च अदालतमा परेको मुद्दामा अदालतको निर्णय आउने वित्तिकै प्रदेश सभाका विषयमा निर्णय लिने आन्तरिक तयारी गरेको छ ।
आफ्नो पक्षका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव फिर्ता गराउन पहल गर्ने, त्यसो नगरे प्रदेश सभा प्रतिनिधीसभा सम्बन्धी सर्वोच्चमा परेको मुद्दाको निर्णय नआउँदासम्म चल्नै नदिने र अदालतको फैसला आएलगत्तै विघटन गर्ने तयारीमा ओली पक्ष लागेको छ । त्यसको खुलासा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरिसकेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।