शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

केपी ओलीविरुद्ध आन्दोलन गर्ने प्रदेश सरकारको चेतावनी

केपी ओलीविरुद्ध आन्दोलन गर्ने प्रदेश सरकारको चेतावनी

  • मिडिया डबली
  • शनिवार, फाल्गुण ८ २०७७

  • 4.3K
    SHARES

  • केपी ओलीविरुद्ध आन्दोलन गर्ने प्रदेश सरकारको चेतावनी

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २ नम्बर प्रदेश प्रमुख तिलक परियारलाई बर्खास्त गरेर राजेश झालाई नियुक्त गरेपछि प्रदेश सरकार असन्तुष्ट बनेको छ ।

    २ नम्बर प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश प्रमुख बर्खास्तीको निर्णयलाई प्रतिगमन र निरंकुश बताउँदै सच्याउन माग गरेको छ ।

    ‘प्रदेश प्रमुख बर्खास्तीको निर्णय प्रतिगमन हो । निरंकुशताको प्रमाण हो । यो कदमको हामी भर्त्सना गर्छौं,’ उनले भने ।

    विभेदरहित प्रदेश बनाउने योजनामा संघीय सरकार बाधक बनेको आरोप लगाउँदै उनले भने, ‘वर्षौंदेखि पिछडिएको समुदायलाई हरेक क्षेत्रमा सहभागी गराउँदै अघि बढेका छौं । तर त्यही समुदायबाट आएका प्रमुखलाई विना कारण हटाएर समग्र प्रदेशवासीलाई मर्माहत बनाइएको छ, यो हामीलाई कदापि स्वीकार्य छैन ।’

    प्रदेश प्रमुख परियारलाई यथावत् राख्नुपर्ने माग प्रदेश सरकारको रहेको प्रवक्ता यादवले बताए । अन्यथा प्रधानमन्त्री केपी ओलीविरुद्ध आन्दोलनमा जाने चेतावनी समेत यादवले दिएका छन् ।

    ‘उहाँलाई यथावत् राख्नुपर्छ, त्यसका लागि हामी पहिलो चरणमा संघीय सरकारसँग समन्वय गर्नेछौं र नमाने प्रधानमन्त्रीविरुद्ध प्रदेश सरकारले आन्दोलन थाल्ने छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend