काठमाडौं – नेपाली कांग्रेसका चर्चित युवा नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले देशमा सेटिङको शासन चल्न नदिने दृढ संकल्प लिएका छन् ।
शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता थापाले सबै युवाले संकल्प गर्ने बेला आएको बताए ।
उनले अब देशमा हुकुमको शासन नचल्ने समेत बताएका छन् ।
नेता थापाले लेखेका छन्, ‘‘मेरो हुकुम नै शासन हो’ भनेर प्रधानमन्त्री २००७ सालअघिका श्री ३ जस्तो बन्न खोजेको यो घडीमा नेपाली कांग्रेस पनि २००७ सालको जस्तै दृढ संकल्पित, साहसी र जुझारु भएर भन्नुपर्छ – यहाँ हुकुमको शासन पनि चल्न दिइन्न, सेटिङको शासन पनि चल्न दिइन्न ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।