शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

देउवाको निर्देशन : केपी ओलीसँगै प्रचण्डको विरोध गर्नुस्, प्रचण्डसँग किन डराएको हो कुन्नि ?

देउवाको निर्देशन : केपी ओलीसँगै प्रचण्डको विरोध गर्नुस्, प्रचण्डसँग किन डराएको हो कुन्नि ?

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण ७ २०७७

  • 6.1K
    SHARES

  • देउवाको निर्देशन : केपी ओलीसँगै प्रचण्डको विरोध गर्नुस्, प्रचण्डसँग किन डराएको हो कुन्नि ?

    काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षकाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विरोध गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

    शुक्रवार नुवाकोटमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले प्रचण्डको खिलापमा बोल्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

    ‘मैले त उतिबेलै भनेको हो कम्युनिस्टले जिते भने बोल्न पनि पाइँदैन । हाम्रो पार्टीका साथीहरु बल्लबल्ल ओलीको विरोध गर्न सक्ने हुनुभएछ,’ देउवाले भने, ‘प्रचण्डको विरोध गर्न त अझै सक्नुहुन्न । प्रचण्डसँग किन डराएको हो कुन्नि ?’

    सभापति देउवाले प्रतिनिधिसभा पुनःस्थापना भए पनि चुनाव हुने भएकाले तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिए । ‘संविधानको व्याख्या गर्ने अदालतले हो । अदालतबाहेक अरू कोही छ यहाँ ?’ सभापति देउवाले भने, ‘अदालतको निर्णय पर्खियौं भनेको हो । अदालतलाई विश्वास गरौं न प्लिज, उसको निर्णय मानौं ।’

    देउवाले प्रचण्ड र ओली चुनावको तयारीमा लागेको बताउँदै चुनाव भयो भने के गर्ने भन्दै प्रश्न गरेका छन् । ‘प्रचण्ड–ओलीलाई चुनाव लागिसक्यो । चुनाव चिह्न मागिरहेका छन्,’ देउवाले भने, ‘हाम्रा साथीहरू चुनाव हुँदैन भनिरहेका छन् । चुनाव भयो भने के गर्ने ? कि चुनावमा जानुपर्‍यो कि राजनीति गर्न भएन । चुनावबाट त भाग्न मिल्दैन नि ! चुनाव हुन्छ हुन्छ । ओलीले चुनाव नगरेर सुख पाउँछन् यहाँ ?’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend