शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

अन्ततः चुनावका लागि ओली र प्रचण्ड नेकपा मिलेर कांग्रेसलाई पारे एक्लै ! यसरी बन्यो ‘प्लान’

अन्ततः चुनावका लागि ओली र प्रचण्ड नेकपा मिलेर कांग्रेसलाई पारे एक्लै ! यसरी बन्यो ‘प्लान’

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण ६ २०७७

  • 6.0K
    SHARES

  • अन्ततः  चुनावका लागि ओली र प्रचण्ड नेकपा मिलेर कांग्रेसलाई पारे एक्लै ! यसरी बन्यो ‘प्लान’

    काठमाडौं – प्रतिनिधिसभा संसद विघटनपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएर प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्ष छुट्टाछुट्टै भेला, बैठक र निर्णय गरिरहेका बेला आसन्न चुनावका लागि दुवै पक्ष एकै भएका छन् ।

    प्रधानमन्त्री ओलीको गृहजिल्ला झापामा फागुन १६ गते हुने उद्योगी व्यवसायीको चुनावका लागि ओली र प्रचण्ड दुवै नेकपा मिलेर नेपाली कांग्रेसविरुद्ध चुनाव लड्ने भएका छन् ।

    अरु बेला झगडा गरिराख्ने कम्युनिस्टहरू आफू मात्रै एक भएका छैनन्, राजावादी दल भनेको आरोप लाग्ने गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई समेत सँगै राखेका छन् ।

    ओली र प्रचण्ड नेकपाले सुभास भट्टराईलाई अध्यक्ष पदको साझा उम्मेदवार बनाएका छन् । कार्यसमितिको अन्य पदमा दुबै नेकपा र राप्रपा समर्थक व्यवसायीलाई उम्मेदवार बनाइएको छ ।

    नेकपाको प्रचण्ड–नेपाल पक्षका नेता रोमणि भट्टराईले बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा साझा उम्मेदवार बनाउँदा नेकपाका तल्लो तहका आमकार्यकर्ता पार्टी एकताको पक्षमा रहेको सन्देश दिएको दाबी गरेका छन् ।

    बुधबार भएको उम्मेदवार घोषणा कार्यक्रममा नेकपाका दुबै पक्षका उच्च तहका नेता हाँसीखुसी एउटै लहरमा बसेका छन् । बाहिर हेर्दा नेकपाका दुवै पक्षभित्र भयानक लडाइँ भइरहेको देखिन्छ ।

    नेकपाको ओली पक्षका १ नम्बर प्रदेश अध्यक्ष देवराज घिमिरे, प्रचण्ड–नेपाल पक्षका झापा जिल्ला सचिव तथा साविक नेकपा माओवादीका जिल्ला सेक्रेटरी विजय साम्पाङ लगायतका नेताले साझा उम्मेदवारलाई मतदान गर्न आह्वान गरेका छन् ।

    कम्युनिस्टहरूका साझा उम्मेदवारलाई टक्कर दिन नेपाली कांग्रेस समर्थित लोकतान्त्रिक पक्षबाट अध्यक्ष पदमा प्रकाश शिवाकोटीको नेतृत्वमा उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन् ।

    वाणिज्य संघको चुनावमा नेकपा–राप्रपा गठबन्धन र कांग्रेस समर्थित उम्मेदवारको प्यानलबीच सोझो टक्कर छ । शिवाकोटीको नेतृत्वमा रहेका प्यानलको उम्मेदवारी घोषणा कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा लगायतका नेता उपस्थित रहेका थिए ।

    बिर्तामोड उद्योग वाणिज्य संघको चुनावमा ४ हजार ५५० मतदाता छन् । यसअघिको निर्वाचनमा नेकपा उम्मेदवारलाई कांग्रेस उम्मेदवारले हराएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend