आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रचण्ड–नेपालले आत्मालोचना गरे मात्र संयुक्त आन्दोलन : कांग्रेस प्रवक्ता शर्मा

प्रचण्ड–नेपालले आत्मालोचना गरे मात्र संयुक्त आन्दोलन : कांग्रेस प्रवक्ता शर्मा

  • मिडिया डबली
  • सोमवार, फाल्गुण ३ २०७७

  • 3.5K
    SHARES

  • प्रचण्ड–नेपालले आत्मालोचना गरे मात्र संयुक्त आन्दोलन : कांग्रेस प्रवक्ता शर्मा

    काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँग संयुक्त आन्दोलनका लागि केही पूर्वशर्त रहेको बताएका छन् । मुलुकले आवश्यकता महसूस गर्दा संयुक्त आन्दोलन गर्न सकिने सम्भावना बाँकी नै रहेको उनले बताएका हुन् । 

    नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरले सोमवार आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै प्रवक्ता शर्माले नेकपाको एउटा गुटसँग आन्दोलनमा जान नसकिने जानकारी दिएका छन् । 

    शर्माले भने, ‘प्रतिनिधिसभा विघटन असंवैधानिक भनेर हामीले पुस ५ गते नै निर्णय गरिसकेका छौं र विज्ञप्ति जारी गरेका छौं । प्रचण्ड र माधव नेपालहरूले अपील गरिरहनुभएको छ । तर हामी संयुक्त आन्दोलन गरिरहेका छैनौं किनकि पहिलो उहाँहरू नेकपा नै हुनुहुन्छ, एउटा सरकारमा छ, एउटा सडकमा छ । एउटा समूहले सरकार चलाइरहेको छ, नेकपाको अर्को गुटसँग आन्दोलनमा जान सक्दैनौं । संयुक्त हुनको लागि पूर्वशर्त जरुरी छन्,’।

    ‘हिजो सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको बेला प्रचण्ड–नेपाल बोल्नुभयो कि भएन ? डा. गोविन्द केसीको माग उल्ट्याउँदै विधेयक पारित गर्न संसदमा मार्शल लगाएर पास गर्दा उहाँहरू हुनुहुन्थ्यो कि थिएन ? सरकारले गुठीको जग्गा कब्जा गर्न थालेको बेला गुठी विधेयकको विरुद्धमा हामी बोल्दा प्रचण्ड र माधव नेपाल उभिनुभएको थियो कि थिएन ? यो बेलामा संयुक्त आन्दोलनमा जाने भन्दै गर्दा आत्मालोचित हुनुपर्‍यो,’ । 

    नेकपा नेत्री रामकुमारी झाँक्री पक्राउ गर्दा आफूले विज्ञप्ति निकालेर विरोध गरेको स्मरण गर्दै प्रचण्ड–नेपालसँग शर्माले प्रश्न गरे, ‘हिजो रामचन्द्र पौडेललाई गिरफ्तार गर्दा बोल्नुभयो ? प्रवक्ता नारायणकाजी श्रेष्ठ यही हुनुहुन्थ्यो होला नि !’

    उनले सरकारले ‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका’ ल्याए कांग्रेस सामाजिक सञ्जाल प्रयोगकर्ताको पक्षमा उभिने पनि स्पष्ट पारे । 'होसियार सरकार, नेपाली कांग्रेस फेसबुक चलाउने युवाको पक्षमा उभिन्छ । ट्विटर चलाउने युवाको पक्षमा उभिन्छ,' प्रवक्ता शर्माले ‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका’ को विरोध गर्दै भने, 'सामाजिक सञ्जालमा सरकारका कमिकमजोरीको विरोध गर्नेको मुखमा लगाम लगाउनुअघि आफ्नो हातमा लगाम लगाउन ।'

    सरकार लामो समयदेखि संसद्मा विचाराधीन अवस्थामा रहेको सूचना प्रविधिसम्बन्धी विधेयकमा गरिएको व्यवस्था समेटेर सामाजिक सञ्जालसम्बन्धी निर्देशिका ल्याउने तयारी लागेको छ । निर्देशिका लागु भए नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल कम्पनीहरु अनिवार्य रुपमा तीन महिनाभित्र सरकारी निकायमा दर्ता हुनुपर्नेछ ।

    विधेयकमा सामाजिक सञ्जालमा कसैलाई जिस्क्याए वा होच्याए पाँच वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना वा दुबै हुने प्रावधान छ । सामाजिक सञ्जालमार्फत् कुनै व्यक्तिलाई जिस्क्याउने, होच्याउने, हतोत्साहित गर्ने, हप्काउने, भ्रमित पार्ने आशयले सन्देश सम्प्रेषण गरे पााच वर्षसम्म कैद, १५ लाखसम्म जरिवाना वा दुबै सजाय हुने प्रावधान राखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आश्विन २५ २०७७०१:४४:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend