शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images
राजनीतिक विशेष

सामाजिक सञ्जाल व्यवस्थापनका नाममा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित नगर्न ओली सरकारलाई कांग्रेसको चेतावनी

सामाजिक सञ्जाल व्यवस्थापनका नाममा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित नगर्न ओली सरकारलाई कांग्रेसको चेतावनी

  • मिडिया डबली
  • सोमवार, फाल्गुण ३ २०७७

  • 4.2K
    SHARES

  • सामाजिक सञ्जाल व्यवस्थापनका नाममा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित नगर्न ओली सरकारलाई कांग्रेसको चेतावनी

    काठमाडौं - नेपाली कांग्रेसले सामाजिक सञ्जाल व्यवस्थापनका नाममा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित नगर्न कामचलाउ केपी ओली सरकारलाई चेतावनी दिएको छ ।

    संसदमा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई सरकारले नयाँ स्वरुपमा ब्युँताउन लागेकोमा कांग्रेसले आपत्ति प्रकट गरेको हो । ओली सरकारले नेपालमा खुलेका सामाजिक सञ्जालबाट अपराध बढेको, व्यक्तिको चरित्रहत्या भएको भन्दै फेसबुक, ट्विटर, भाइबर, ह्वाट्सएप, मेसेन्जरलगायतका सामाजिक सञ्जाल सञ्चालकले नेपालमै कार्यालय खोलेर दर्ता गर्नुपर्ने गरी मस्यौदा तयार गरेको छ ।

    यो विधेयक चाँडै अध्यादेशमार्फत ल्याउने सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी गराएका छन् । कांग्रेसले सरकारले ‘सामाजिक सञ्जाल व्यवस्थापन’ का नाममा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्न लागेको भन्दै युवाहरुलाई सचेत हुन अपिल गरेको छ ।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार बिहान विज्ञप्ति जारी गरी यस्तो अपिल गरेका हुन् । ‘सरकारले व्यापक विरोधका बाबजुद् सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका’का नाममा संसदमा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई नयाँ स्वरुपमा ब्युँताउन लागेकोमा नेपाली कांग्रेस गम्भीर आपत्ति प्रकट गर्दछ ।’

    सामाजिक सञ्जाललाई नियमन गर्ने, मर्यादित र स्वस्थ बनाउने प्रश्नमा कसैको पनि विमति नरहने भए पनि विद्यमान कानुनभित्रै आवश्यक प्रावधान रहेको र त्यसैबाट नियमन हुन सक्ने शर्माको भनाइ छ ।

    ‘थप व्यवस्था आवश्यक छ भने पनि बृहत्तर विमर्शबेगर, संसद् विघटन भएको समयमा निर्देशिकामार्फत जारी गर्नतर्फ लाग्नुले सरकारको नियतमाथि गम्भीर प्रश्न उब्जिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कामचलाउ सरकारले नागरिक अधिकारलाई प्रभावित गर्ने गरी कुनै पनि कार्यकारी आदेशबाट निर्देशिकाहरु जारी गर्न हुँदैन, मिल्दैन र पाइँदैन ।’

    कांग्रेसले प्रस्तावित निर्देशिकाको प्रक्रिया अघि नबढाउन सरकारलाई चेतावनी दिँदै त्यो विषय आजको देशव्यापी प्रदर्शनमा समेत उठाउने बताएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend