शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images
राजनीतिक विशेष

प्रधानमन्त्री ओलीले ठाउँको ठाउँ ढाँटे

प्रधानमन्त्री ओलीले ठाउँको ठाउँ ढाँटे

  • मिडिया डबली
  • सोमवार, फाल्गुण ३ २०७७

  • 4.1K
    SHARES

  • प्रधानमन्त्री ओलीले ठाउँको ठाउँ ढाँटे

    काठमाडौं - प्रधानमन्त्री केपी ओलीले आफ्नो नेतृत्वमा रहेको तीन वर्षे सरकारले गरेका कामको समीक्षा सुनाउने क्रममा ठाउँको ठाउँ सबैलाई ढाँटेका छन् ।

    ओलीले देशको अर्थतन्त्रबारे उल्लेख गर्ने क्रममा कोरोना महामारीकै कारण सोचेजस्तो आर्थिक प्रगति हुन नसके पनि देशमा तीव्र विकास भएको र बेलायती पत्रिका ‘द इकोनोमिष्ट’ले नेपाललाई १० उदीयमान र उच्च आर्थिक बृद्धिको बाटो समातेका मुलुकमा समावेश गरेको उल्लेख गरे ।

    त्यसैक्रममा उनले भने, ‘अर्थतन्त्रका सबै क्षेत्रहरुको बृद्धिदर ५ प्रतिशतभन्दा माथि पुग्यो । सातवटै प्रदेशको आर्थिक बृद्धि ६ प्रतिशतभन्दा वढी थियो । यहीबेला हामीले मात्र होइन, संसारमा कसैले पनि नसोचेको कोभिड–१९ को महामारी आयो ।

    यसले विश्व अर्थतन्त्रको संरचना नै भत्कायो । केही मुलुकहरुको बृद्धि नकारात्मक रह्यो, कति मन्दीको चपेटामा परे । कैयौं देशका अर्थतन्त्र नराम्रोसँग खुम्चिन पुगे ।

    हाम्रो पनि आर्थिक वृद्धिदर त घट्यो तर सरकारको सुझवुझ, नीतिगत स्पष्टता र पूर्व सक्रियताका कारण नेपाली अर्थतन्त्र मन्दीको चपेटामा परेन । तीन वर्षको औसत बृद्धि साढे पाँच प्रतिशतको हाराहारी रह्यो । कोभिड–१९ को असर घट्दै जाँदा अहिले हाम्रो अर्थतन्त्र फेरि पुरानै लयमा फर्कदैछ ।’

    ओलीले नेपालमा कोरोनाले त्यति असर नगरेको दाबी गरे पनि उच्चस्तरीय अध्ययन समितिले ४ प्रतिशतले नेपालमा गरिबी बढाएको देखाएको छ । अध्ययन प्रतिवेदन लुकाएर ओलीले जनताले फेरि पनि ढाँटेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend