आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेस प्रवक्ता विश्वप्रकाशले दिए लगनखेलको निम्तो !

कांग्रेस प्रवक्ता विश्वप्रकाशले दिए लगनखेलको निम्तो !

  • मिडिया डबली
  • आइतवार, फाल्गुण २ २०७७

  • 3.4K
    SHARES

  • कांग्रेस प्रवक्ता विश्वप्रकाशले दिए लगनखेलको निम्तो !

    काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता तथा चर्चित युवा नेता विश्वप्रकाश शर्माले भोलि फागुन ३ गते दिउँसो २ बजे ललितपुरको लगनखेलमा भेला हुन निम्तो दिएको छ ।

    सामाजिक सञ्जाल ट्विटरमा लेख्दै प्रवक्ता शर्माले प्रतिगमनविरुद्ध आवाज उठाउन सहभागिताका लागि निम्तो दिएका हुन् ।

    शर्माले ट्विटरमा लेखेका छन्, ‘पाटन जब उठ्छ, पतन प्रतिगमनको प्रारम्भ हुन्छ, ०४६ को स्मृति यस्तै छ र ०६२/०६३ को पनि ! पछिल्लो प्रतिगमनविरुद्ध आउनोस् त्यही पाटन ललितपुरको लगनखेलमा जुटौं ! फागुन ३ गते अपराह्न २.०० बजे ।’

    lagan.jpg

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले चरणवद्ध आन्दोलन गरिरहेको छ । भोलि फागुन ३ गते कांग्रेसले देशभर जिल्ला कार्यसमितिको अगुवाइमा आन्दोलन गर्दैछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend