काठमाडौं - प्रधानमन्त्री केपी ओली यतिबेला राजनीतिक जीवनकै कठिन मोडबाट गुज्रिरहेका छन् । आफैंले चालेको कदमको दलदलमा उनी फस्दै गएका छन् ।
प्रतिनिधिसभा भंग गरेर वैशाखमा निर्वाचन घोषणा गरेका ओलीले संसद् विघटन बाध्यताको उपज थियो भनेर जति प्रचार गरे पनि अदालतले संविधानअनुसार फैसला गर्ने हो । संवैधानिक इजलासमा बहस गर्ने उनका वकिलले समेत संविधानको धारा भेटाएका छैनन् ।
उनीहरूलाई ओली कदम बचाउ गर्न हम्मे हम्मे परेको छ । एकातिर संसद् पुनःस्थापनाका लागि सडक आन्दोलन जारी छ । अर्कोतिर ओलीका वकिल तर्कसंगत बहस गर्न सकिरहेका छैनन् । ओलीलाई एकोहोरो राजाको जस्तो अधिकार रहेको भन्दै न्यायाधीशसमक्ष रोदन गर्दै आएका छन् ।
त्यसैले ओली अस्थिरतामा सत्ता असीमित समयसम्म लम्बिन्छ कि भन्ने आशमा दलदलमा फस्दै गएका छन् । ओलीलाई संसद् पुनः स्थापना भए अल्पमत, निर्वाचनमा गए पराजय निश्चित भएकाले पनि अस्थीरतामा सत्ता लम्बिन्छ कि भन्ने आसमा उनले आफ्नो राजनीतिक भविष्य रसातलमै लैजाने देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।