काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ राजनीतिक दलले १५ सदस्यीय रणनीतिक संयुक्त मोर्चा सार्वजनिक गर्दै संयुक्त आन्दोलन घोषणा गरेका छन् ।
संयुक्त मोर्चाले ओली सरकारविरुद्ध माघ २९ गतेदेखि फागुन १८ गतेसम्मका संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।
आन्दोलन अन्तर्गत फागुन ६ गते बुटवल, १४ गते धनगढी र १८ गते इटहरीमा जनसभा गर्ने जनाइएको छ ।
मोर्चामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी सहभागी छन् ।
कार्यक्रममा मोर्चाको अवधारणा पनि सार्वजनिक गरिएको छ । रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय समितिमा सीपी गजुरेल, रामसिंह श्रीस, पवनमान श्रेष्ठ, सन्तोष बुढा, नवीनकुमार विश्वकर्मा, अज मोहम्मद, ऋषिराम कट्टेल, रामदुलार महतो, राजेश वान्तवा, जागृत रायमाझी, धनकुमारी सुनार र नविन रिजाल रहेका छन् । मोर्चामा ३ जना थपिने जनाइएको छ ।
मोर्चाको पहिलो बैठकले अध्यक्ष र सचिव चयन गर्ने तयारी छ । प्रदेश, जिल्ला र आवश्यकता अनुसार स्थानीय तहहरूमा समेत समिति गठन गरिने घोषणा सभामा जानकारी दिइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।