काठमाडौं – नेपाली कांग्रेसका पूर्व सांसद गंगादत्त जोशीको असामयिक निधनको खबरले चर्चित युवा नेता तथा केन्द्रीय सदस्य गगनकुमार थापा स्तब्ध भएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै थापाले जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
नेपाली कांग्रेस कञ्चनपुरका पूर्व जिल्ला सभापति समेत रहेका जोशीको हृदयघातका कारण निधन भएको हो ।
नेता थापाले फेसबुकमा लेखेका छन्, ‘ पूर्व सांसद गंगादत्त जोशीको असामयिक निधनको खबरले स्तब्ध भएको छु । यस दुःखद समयमा उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु । हार्दिक श्रद्धाञ्जली !’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।