शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

केपी ओलीविरुद्ध डाडु–पन्यू लिएर सडकमा आउन देशभरका महिलालाई आह्वान

केपी ओलीविरुद्ध डाडु–पन्यू लिएर सडकमा आउन देशभरका महिलालाई आह्वान

  • मिडिया डबली
  • बुधवार, माघ २८ २०७७

  • 4.5K
    SHARES

  • केपी ओलीविरुद्ध डाडु–पन्यू लिएर सडकमा आउन देशभरका महिलालाई आह्वान

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेत्री अमृता थापा मगरले प्रतिनिधिसभा विघटन गर्ने केपी शर्मा ओलीको कदमविरुद्ध डाडु–पन्यू लिएर उठ्न देशभरका महिलालाई आह्वान गरेकी छन् ।

    महिलालाई राजनीतिमा न्यूनतम ३३ प्रतिशत उपस्थिति ग्यारेन्टी गर्नुका साथै राष्ट्रपति–उपराष्ट्रपति, सभामुख–उपसभामुख र स्थानीय तहमा प्रमुख–उपप्रमुखमध्ये एक महिला हुनुपर्ने व्यवस्था गरेको संविधान महिलाहरूका लागि प्राणभन्दा प्यारो भएको मगरले बताएकी छन् ।

    प्रतिनिधिसभा विघटन गरेर त्यो संविधानमाथि प्रहार भएको भन्दै मगरले प्रतिगमन नसच्चिएसम्म सेल्फ डिफेन्स तालिम लिन र डडु–पन्यौं–चुलेसी लिएर उठ्न महिलाहरूलाई आग्रह गरेकी छन् ।

    प्रतिनिधिसभा संसद विघटनको विरोधमा प्रचण्ड–नेपाल पक्षले बुधवार काठमाडौंमा आयोजना गरेको आमसभामा अखिल नेपाल महिला संघ (अनेमसंघ) की अध्यक्ष समेत रहेकी थापाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रश्न गरेकी छन् ।

    ‘माघ २३ गते सभा गर्दै केपी शर्मा ओलीले आँसु चुहाउँदै पार्टीले मलाई काम गर्न दिएन भने । केन्द्रीय कमिटीको बैठक बोलाइसकेको अवस्थामा संसद हठात् किन विघटन गर्नुभयो ?’ उनले प्रश्न गरिन् ।

    मगरले अगाडि भनिन्, ‘संसदीय दलको बैठक राखेर म अप्ठ्यारोमा परें, मलाई सहयोग गर्नुस् भनेर किन भन्नु भएन ?’ प्रचण्ड–नेपाल पक्षले आज बुधबार विरोधसभा गरिरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend