शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

यी देशका नाम तोकेरै विदेशीसामु प्रचण्डको हारगुहार !

यी देशका नाम तोकेरै विदेशीसामु प्रचण्डको हारगुहार !

  • मिडिया डबली
  • मंगलवार, माघ २७ २०७७

  • 3.2K
    SHARES

  • यी देशका नाम तोकेरै विदेशीसामु प्रचण्डको हारगुहार !

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि हैरान भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगातार सडक आन्दोलनमा छन् । प्रचण्डले सडकमा शक्ति प्रदर्शन गर्दा समेत नभएर अब विदेशीसामु हारगुहार गर्न थालेका छन् ।

    प्रचण्डले विदेशीसामु सिधै हारगुहार नगरेपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकारलाई बोलाएर आफूलाई समर्थन जुटाइदिन विदेशीसामु हारगुहार गरेका छन् । 

    नेकपा प्रचण्ड–नेपाल पक्षले ओली विरुद्धको आफ्नो आन्दोलनमा अन्तर्राष्ट्रिय समर्थन खोजेको स्रोतले जनाएको छ । प्रचण्डले चीन, भारत, अमेरिका र युरोपेली युनियन लगायत लोकतन्त्र पक्षधर देशहरूको समर्थन खोजेको नेताहरूले बताएका छन् । यी देशहरूले संसद विघटन नेपालको आन्तरिक मामिला भएकाले आन्तरिक प्रणालीबाटै समझदारी खोज्नुपर्ने धारणा राखेका छन् ।

    मंगलबार अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आवद्ध पत्रकारसँग छलफल गर्दै अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले संसद विघटन संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र शान्ति प्रक्रियामाथिकै प्रहार भएको तर्क गरेका छन् ।

    संसद विघटन गरेर लोकतन्त्रको हत्या भएको बताउँदै प्रचण्डले भने, ‘नेपालमा लोकतन्त्रको हत्या भइरहेको छ । लोकतन्त्रको पक्षमा हुने सबैको समर्थन हामीलाई चाहियो भनेर औपचारिक अपिल गरेका छौं । अलग–अलग भेटेर कुरा गरेका छौं ।’ प्रचण्डले अन्तर्राष्ट्रिय समुदायसँग छिट्टै संयुक्त छलफल समेत हुनसक्ने बताएका छन् । केही हप्ताअघि प्रचण्डले नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीसँग समेत भेटेका थिए । तर अमेरिकाले प्रचण्डको आन्दोलनबारे कुनै टिप्पणी गरेको छैन ।

    छलफलमा प्रचण्डले सर्वोच्च अदालतले संविधानको भावना अनुसार नै फैसला गर्ने विश्वास रहेको बताए । ‘संविधानभन्दा बाहिर गएर असंवैधानिक र अलोकतान्त्रिक ढंगले गरिएको निर्णयलाई सदर गर्छ भन्ने लागेको छैन,’ उनले भने, ‘जहाँसम्म त्यस्तै भयो भने के हुन्छ ? प्रश्न तपाईंहरूको छ, म अहिले धेरै त भन्दिनँ । तर असंवैधानिक र अलोकतान्त्रिक ढंगले संविधान मिचिसकेपछि त्यसको मातहतमा हुने चुनाव पनि असंवैधानिक र अलोकतान्त्रिक नै हुन्छ ।’

    प्रचण्डले अगाडि भने, ‘यदि सेटिङ नै हो रहेछ भन्ने गरी निर्णय भयो भने के गर्नुहुन्छ भन्ने प्रश्न हो भने हामी गम्भीर ढंगले सोच्छौं । त्यो निर्वाचनलाई सहज ढंगले लिन सक्ने स्थिति हुँदैन । हामीलाई नैतिक र राजनीतिक ढंगले पनि निकै ठूलो प्रश्न खडा हुन्छ ।’

    प्रचण्डले आफू निर्वाचन विरोधी नभएको बताउँदै शान्तिपूर्ण प्रतिस्पर्धा, आवधिक निर्वाचन र स्वतन्त्र न्यायपालिकामा प्रतिवद्ध रहेको बताए । ‘शान्ति सम्झौतापछि पटक–पटक निर्वाचनमा सहभागी भएर त्यसलाई सावित गरिसकेका छौं,’ उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend