काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनसँगै नेताहरू एक पक्षबाट अर्काे पक्षमा जाने लहर चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली पक्षलाई ठूलो धक्का लागेको छ ।
रौतहटबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद तथा नेकपा नेत्री समिना हुसेन प्रधानमन्त्री ओली पक्षबाट विद्रोह गरेर नेकपा प्रचण्ड–नेपाल पक्षमा लागेकी छन् ।
सांसद हुसेनले मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटनपछि सिंगो राष्ट्र ओलीको विपक्षमा उभिएका बेला आफूलाई समेत ओली पक्षले प्रलोभन देखाए पनि आफू प्रचण्ड–नेपाल पक्षमा रहेको स्पष्ट पारेकी छन् ।
हुसेनले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भन्दै प्रचण्ड–नेपाल पक्षले जारी राखेको प्रतिगमनको विरोधमा हुने आन्दोलनमा सक्रिय हुने र अरु जनसमुदायलाई पनि सहभागी हुन सार्वजनिक अपिल जारी गरेकी छन् ।
प्रचण्ड–नेपाल पक्षले माघ २८ गते काठमाडौंमा विशाल विरोध प्रदर्शन गर्ने कार्यक्रम राखेको छ । हुसेन ओली विरुद्धको प्रदर्शनमा खुलेर सहभागी हुने भएकी छन् ।
हुसेन प्रचण्ड–नेपाल पक्षमा लागेपछि प्रचण्ड पक्ष मक्ख भएको छ भने ओली पक्षलाई धक्का लागेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।