आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

डा. बाबुराम भट्टराईलाई कांग्रेस नभई नहुने !

डा. बाबुराम भट्टराईलाई कांग्रेस नभई नहुने !

  • मिडिया डबली
  • मंगलवार, माघ २७ २०७७

  • 4.3K
    SHARES

  • डा. बाबुराम भट्टराईलाई कांग्रेस नभई नहुने !

    काठमाडौं – नेपाली कांग्रेसको भोटले गोरखाबाट चुनाव जितेर पनि कांग्रेसकै आलोचना गर्दै आएका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कांग्रेस नभई नहुने भएको छ ।

    कांग्रेस महामन्त्री शशांक कोइरालाले कांग्रेस संयुक्त आन्दोलनमा जाने अभिव्यक्ति सोमबार दिएपछि जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष समेत रहेका भट्टराईले कांग्रेस बिना आन्दोलन सफल नहुने टिप्पणी गरेका छन् ।

    ‘ओली प्रतिगमनविरुद्ध संयुक्त आन्दोलन गर्नु आफ्नो पार्टीको हितमा हुन्न भन्नु गम्भीर दृष्टिदोष हो है ! हिजो शितयुद्धको बाछिटा परेर कांग्रेस–कम्युनिस्ट नमिल्दा राजाको निरंकुशता ३० वर्ष टिकेको नबिर्सौं । अहिले नयाँ शितयुद्धको छायाँमा त्यस्तै गल्ती दोहोरियोस् ! संयुक्त संघर्षबाट कोही नभागोस् !’ डा. भट्टराईले ट्विटरमा लेखेका छन् ।

    यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत संयुक्त आन्दोलनको आह्वान गर्दै आएका छन् ।

    सोमबार महामन्त्री कोइरालाले कांग्रेसको आफ्नै विचार र अस्तित्व रहेको बताउँदै कांग्रेस संयुक्त आन्दोलनमा नजाने विचार राखेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend