काठमाडौं – अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग परेको लडाइँबारे कुराकानी गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज मंगलबार आफैं निर्वाचन आयोगमा हाजिर हुने भएका छन् ।
ओली बिहान ११ बजे आयोग जाने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।
वैशाखका लागि तोकिएके निर्वाचनको तयारी र नेकपा भित्रको विवाद लगायतका विषयमा कुराकानी गर्न ओली निर्वाचन आयोग जाने भएका हुन् ।
निर्वाचन आयोगले यसअघि नेकपाका दुबै अध्यक्षहरूलाई छलफलका लागि बोलाएको भएपनि दुबै पक्षले प्रतिनिधि मात्रै पठाएका थिए ।
विवाद कायमै रहेका बेला प्रचण्ड र माधवकुमार नेपाल लगायतका नेताहरुले आयोग गएर आफू आधिकारिक भएको दाबी प्रस्तुत गरेका थिए । ओली भने नेकपामा विवाद सुरू भएपछि पहिलो पटक आयोग जान लागेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।