शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images
राजनीतिक विशेष

ओलीलाई पार्टीमा भरपर्दो उत्तराधिकारी नहुँदा चिन्ता

ओलीलाई पार्टीमा भरपर्दो उत्तराधिकारी नहुँदा चिन्ता

  • मिडिया डबली
  • सोमवार, माघ २६ २०७७

  • 8.1K
    SHARES

  • ओलीलाई पार्टीमा भरपर्दो उत्तराधिकारी नहुँदा चिन्ता
    फाइल तस्वीर

    काठमाडौ - एक वर्षअघि दोस्रोपटक मिर्गौला प्रत्यरोपण गरेका प्रधानमन्त्री केपी ओली संसद् भंगको औचित्य पुष्टि गर्न यसरी दौडिएका छन् कि मानौ उनी फेरि पनि राज्यको बागडोर सम्हाल्न आउँदैछन् ।

    तर नेकपा विभाजन भएपछि भने उनी सत्तामा पुग्ने सम्भावना कमजोर बन्दै गएको छ । तर पनि उनले राज्यशक्तिको दोहन गरेर देश दौडाहमा लागेका छन् । त्यति मात्र होइन, प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेको सरकारको कामचलाउ प्रधानमन्त्रीले विकास निर्माणका काम, घोषणा, शिलान्यास, उद्घाटनसमेत गर्न पाउँदैन ।

    नियमित प्रधानमन्त्री जसरी नै कानुन, विधि र संविधानमाथि बलात्कार गर्दै हिँडेका ओलीले मञ्च पाएपछि कम्तीमा डेढ दुई घन्टा भाषण दिने गरेका छन् । शुक्रबार राजधानीमा भएको आमसभा पनि उनकै भाषण सुन्न कार्यकर्ताहरु लालयित भएको देखिन्थे । काठमाडौको कार्यक्रममा ईश्वर पोखरेल र रामबहादुर थापा बादल खासै जम्न सकेनन् ।

    उनीहरुको भाषण खास दमदार नभएपछि आयोजकले नै छोट्याउन आग्रह गरेका थिए । महासचिव विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङलाई बोल्न दिइएन । यसले के संकेत गर्छ भने ओली नेकपामा नेताको राम्रै खडेरी देखिएको छ । यतिबेला ओली पार्टी संगठन विस्तारका लागि आफै भाषण दिएर हिँड्न थालेका छन् ।

    किसान संघको सभादेखि युवा विद्यार्थीहरुको भेलासम्म ओली सिंगलम्यान र फष्टम्यानका रुपमा देखिएका छन् । सबैतिर अरु नेताको भाषणभन्दा ओलीकै भाषण सुन्न मानिसहरु जम्मा हुने गरेका छन् ।

    दाङमा शंकर पोखरेलले ओलीलाई लगेर पुल उद्घाटन गराए, पर्वतमा सवस्टेशन उदघाटन गर्न ओली नै सहभागी भए । प्राधिकरणका कार्यकारी निर्देशकले नै सो परियोजना उद्घाटन गर्न सक्थे वा ऊर्जामन्त्रीले नै गर्न सक्थे । तर ओलीले राज्यका सबै अंगलाई दुःख दिने काम गरे । प्रतिघण्टा एक लाख ५० हजार बराबरको भाडा पर्ने सेनाको हेलिकप्टर दुरुपयोग गरे ।

    बिहीबार उनले त्यसैगरी राज्यको स्रोत र साधनको दुरुपयोग गर्दै पर्वतको कुस्मा पुगे । प्राधिरकणले ५० प्रतिशत मात्रै काम सकिएको बताएको प्रसारण लाइनको उद्घाटन गरे । माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको समूहमा नेताहरुको संख्या धेरै भएको र पार्टी हाँक्ने नेताहरु पनि उल्लेख्य छ । नेकपाका दोस्रो तहका राम्रा नेता प्रचण्ड माधव समूहमै छ ।

    ओलीपछि सो समूहको नेता को हुने भन्नेमा अझै अन्योल छ । उपप्रधानमन्त्री तथा सचिवालय सदस्य ईश्वरपोखरेलको पक्षमा ओली समूहकै धेरै नेताहरु खुल्न सकेका छैनन् । उनलाई सानो चित्त भएका नेता मानिन्छ । तैपनि पोखरेललाई उछिनेर अरु नेताहरु पनि तत्कालै नेतृत्वमा आउने सम्भावना पनि छैन । विगत एक महिनायताका सबै सार्वजनिक कार्यक्रममा ओली प्रमुख वक्ता भएका छन् ।

    ईश्वर पोखरेल वा सुवास नेम्वाङ कोही नेता प्रमुख वक्ता भएर सहभागी भएका छैनन् । प्रधानमन्त्री ओली आफू सबैजसो कार्यक्रममा प्रमुख अतिथि र प्रमुख वक्ता भएको बेला पोखरेल दोस्रो र तेस्रोमा रामबहादुर थापा बादल वक्ता देखिएका छन् ।

    ओली समूहमा देखिएका नेताहरुमा पोखरेलका अतिरिक्त बादल, सुवास नेम्वाङ, महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल, प्रदीप ज्ञावाली, त्यसपछि गोकुल बास्कोटा, खगराज अधिकारी, महेश बस्नेत वा भानुभक्त ढकाल मात्रै छन् । पूर्वमाओवादी समूहबाट आएका टोपबहादुर रायमाझी वा लेखराज भट्टले नेतृत्व सम्हाल्ने अवस्था छैन ।

    पृथ्वी सुब्बा गुरुङ, किरण गुरुङहरुलाई ओली समूहले फष्टम्यान स्वीकार गर्ने अवस्था छैन । पूर्वमाओवादी समूहबाट आएकाहरु पनि फष्टम्यान बन्ने अवस्था छैन । कुन दिन पूर्वमाओवादीका नेता लखेटिने हो ? ठेगान छैन । विष्णु पौडेललाई शंकर पोखरेलहरुले फष्टम्यान स्वीकार गर्ने अवस्था छैन ।

    सुवास नेम्वाङले सबैलाई समट्न नसक्ने र ईश्वर पोखरेल संकुचित मानसिकता भएकाले फष्ट म्यान हुन नसक्ने भएकाले ओली समूहमा सर्वस्वीकार्य नेतृत्व अभाव भएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend