शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images
राजनीतिक विशेष

जुन पार्टीको चुनाव चिन्ह र दल दर्ता छैन, त्यही पार्टीका नेता निर्वाचन भन्दैछन्

जुन पार्टीको चुनाव चिन्ह र दल दर्ता छैन, त्यही पार्टीका नेता निर्वाचन भन्दैछन्

  • मिडिया डबली
  • सोमवार, माघ २६ २०७७

  • 7.2K
    SHARES

  • जुन पार्टीको चुनाव चिन्ह र दल दर्ता छैन, त्यही पार्टीका नेता निर्वाचन भन्दैछन्

    काठमाडौं - नेकपाको आधिकारिकताको विषयमा निर्वाचन आयोगले छानबिन गरिरहेको छ । अहिलेकै अवस्थामा प्रक्रिया अघि बढाउँदा ४५ दिनसम्म लाग्ने निर्वाचन आयोगकै पदाधिकारी बताउँछन् ।

    नेकपाको आधिकारिकताबारे टुंगो लगाउने जिम्मा आयुक्त रामप्रसाद भण्डारीलाई दिइएको छ । जबकि उनी आफैं विवादास्पद व्यक्ति हुन् । प्रधानमन्त्री केपी ओलीले संसद् भंग गरेर वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन मिति निर्धारण गरेका छन् ।

    तर, उनकै पार्टीको कुन हो भन्ने खुल्न अझै डेढ महिना लाग्छ । तर, प्रधानमन्त्री ओलीदेखि उनका मन्त्री र निकटस्थ नेताले पनि वैशाखमा निर्वाचन हुन्छ भन्न छाडेका छैनन् ।

    नेकपा आधिकारिकता विवाद तत्काल टुंगिने अवस्था नदेखिनु, राजनीतिक दलका आन्दोलन झन् झन् कडा बन्दै गएपछि सर्वोच्च अदालतमै वैशाखमा निर्वाचन हुन्छ ? भनेर प्रश्न उठिसकेको छ ।

    आइतबारको सुनुवाइका क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नै ओलीका वकिललाई ‘वैशाखमा निर्वाचन हुन्छ’ भनेर सोधेका थिए । प्रधानन्यायाधीश जबराको यो प्रश्नले धेरै अर्थ राख्ने विश्लेषण गर्न थालिएको छ ।

    वैशाखमा निर्वाचन भएन भने के हुन्छ ? माघ महिना सकिनै लाग्दा सबैतिर यो प्रश्न जोडतोडले उठ्न थालेको छ । संविधानमा प्रतिनिधिसभा विघटन भएको ६ महिनाभित्र स्थापना हुनुपर्ने उल्लेख छ । यस आधारमा आगामी असारसम्म निर्वाचन भइसक्नुपर्ने हुन्छ ।

    तर, जब वैशाखको मिति घर्किन्छ, ओली सरकारले निर्वाचनको मिति मंसिरमा तोक्ने निश्चित छ । तर, दलका आन्दोलनले ओलीलाई कुर्सीमा राखिरहन्छ कि फाल्छ ? यसै भन्न सकिने अवस्था छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend