काठमाडौं - प्रधानमन्त्री केपी ओलीमा पछिल्लो समय धार्मिक भावना धेरै देखिएको छ । बुढ्यौली लागेर हो कि या अन्य केही उनमा धर्मदर्शनका कुरा मात्रै आउन थालेका छन् ।
एक वर्षअघि चितवनको माडीस्थित अयोध्यापुरीलाई राम जन्मभूमि भनेर चर्चामा आएका ओली अहिले त्यहाँ रामसीताको मूर्ति स्थापनामा जुटेका छन् । त्यसका लागि उनले मूर्ति बनाउन लगाइसकेका छन् ।
केही दिनभित्रै अयोध्यापुरीमा रामसीताको मूर्तिको प्राण प्रतिष्ठा गरिने भएको छ । अयोध्यापुरीमा विभिन्न पुरातात्विक वस्तु र सम्पदा भए पनि राममन्दिर भने छैन । त्यसैले प्रधानमन्त्री ओलीले अयोध्यापुरीमा रामसीताको मूर्ति स्थापना गर्ने घोषणा गरेका थिए ।
जसअनुसार त्यहाँ प्राण प्रतिष्ठा गर्ने रामसीताको मूर्ति तयार भएको छ । आइतबार बालुवाटारमा प्रधानमन्त्री ओलीले रामसीताको मूर्तिको अवलोकन गरे । रामसीताको मूर्तिसँगै बसेका ओली दंग देखिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।