शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images
आजको विशेष

ओली र बादलको शासनकालमा बलात्कार बढेको बढ्यै, छैन देशमा शान्ति सुव्यवस्था

ओली र बादलको शासनकालमा बलात्कार बढेको बढ्यै, छैन देशमा शान्ति सुव्यवस्था

  • मिडिया डबली
  • आइतवार, माघ २५ २०७७

  • 5.2K
    SHARES

  • ओली र बादलको शासनकालमा बलात्कार बढेको बढ्यै, छैन देशमा शान्ति सुव्यवस्था

    काठमाडौं - प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा बादल आफ्नो शासनकालमा शान्ति सुव्यवस्था सुदृढ रहेको भन्न छाड्दैनन् । तर, ओली–बादलकै शासनकालमा दर्जनौं अबोध बालिका र किशोरीको बलात्कारपछि हत्या गरिएको छ ।

    कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या हुँदा देशमा सानो जनआन्दोलन जस्तै उभार उठेको थियो । तर, गृहमन्त्री बादलले सिंहदरबारमा पत्रकार सम्मेलन गरेर भने, ‘नेपालमा अमेरिकामा जस्तो बलात्कारका घटना धेरै भएका छैनन् ।’

    आफूले राम्रो सरकार चलाउन नसक्ने अनि विकसित देशमा जस्तो नेपालमा बलात्कारको ग्राफ नबढेको भन्ने बादलको अभिव्यक्तिको त्यसबेलै धेरै विरोध भएको थियो । अहिलेसम्म निर्मला पन्तको हत्यारा पत्ता लाग्न सकेको छैन ।

    जबकि त्यसबेला प्रधानमन्त्री, उपप्रधानमन्त्री, गृहमन्त्री सबैले १५ दिनभित्रै दोषी पत्ता लाग्ने र कारबाही गर्ने बताएका थिए । निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको जस्तै घटना त्यसपछि धेरै भए । त्यसमध्ये बझाङमा १४ वर्षीया सम्झना बिकको मन्दिरमै बलात्कारपछि हत्या भयो ।

    फेरि अहिले बैतडीमा अबोध बालिकाले ज्यान गुमाउनु परेको छ । बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको छ । तर, प्रधानमन्त्री ओली र गृहमन्त्री बादलले चुँसम्म बोल्न सकेका छैनन् ।

    आफ्ना विरोधी नेतालाई जेल हाल्ने, चिडियाखानामा हाल्ने भनेर धमास दिने ओली र बादल अहिले भागरथी भट्टका हत्यारा खोज्न किन लागिपर्दैनन् ? जनताले प्रश्न गर्न थालेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend