काठमाडौं – ललितपुर जिल्लाको गोदावरी नगरपालिका–११ स्थिति चापागाउँमा प्राकृतिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको उद्घाटन भएको छ ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद् पूर्व कोषाध्यक्ष, नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग सचिव तथा प्रभावशाली युवा नेता मीनकृष्ण महर्जन र गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनले सयुक्त रूपमा पानसमा बत्ती बालेर र रिबन काटेर उद्घाटन गरे ।
कार्यक्रममा प्रमुख अतिथि मीनकृष्ण महर्जनले चापागाउँमा सहकारी धेरै भएको र ललितपुर जिल्लाभरका वडामध्ये सबैभन्दा धेरै जनसंख्या भएको वडा रहेको, धार्मिक तथा पुरातात्विक हिसाबमा पनि प्रख्यात रहेको चापागाउँमा असक्षम संघीयत सांम्सद र प्रदेश सांसद्को कारण चापागाउँको विकास पछि परेको बताए ।
‘एकचोटी मेरो परीक्षा लिनुस्, एकचोटी जनप्रतिनिधि हुने अवसर दिनुस्, चापागाउँको मुहार नै फेरि दिन्छु,’ महर्जनले भने, ‘यदि मैले चापागाउँको मुहार फेर्न नसकेमा दोस्रो चोटी तपाईंहरूको दैलोमा आएर भोट माग्ने छैन ।’
महर्जनले अहिले आफू जनप्रतिनिधि नभए पनि चापागाउँको बाटोघाटो, मठमन्दिर, पोखरी र चापागाउँका वासिन्दालाई सुखदुःखमा हमेसा साथ दिँदै आएको बताएका छन् । ‘यो घाम जस्तै छर्लङ्ग नै छ,’ उनले भने ।
महर्जनले आफू बदनाम भएर भएर पनि चापागाउँका युवालाई आर्थिक रूपमा बलियो बनाउने काम गरिरहेको बताए । ‘चापागाउँ मेरो जन्मथलो भएका कारण यहाँका स्थानीयहरू गरीबलाई धनी बनाउने, गलत बाटोमा लागेकाहरूलाई सही बाटोमा ल्याउने, बेरोजगारहरूलाई रोजगारी दिने काम गर्दैछु, यसले विकासको फड्को मार्ने छ,’ उनले भने ।

कार्यक्रममा गोदावरी नगरपालिका उपमेयर मुन्ना अधिकारी, वडाध्यक्ष निलबहादुर देशार, चर्चित राष्ट्रिय कलाकार प्रताप दास, निशा देशार, शशी पुन (देशार), साहित्यकार वरिष्ठ समाजसेवी जोगमोहन मेहेर कायस्थ, कांग्रेस गोदावरी नगर सभापति सुरज श्रेष्ठ, तरुण दल ललितपुर क्षेत्र नम्बर १ सचिव अनिल श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन नेविसंघ ललितपुरका पूर्व जिल्ला अध्यक्ष उमेश मेहेर कायस्थले गरेका थिए । सहकारी संस्थानमा ३०० भन्दा बढी शेयर सदस्य रहेका संस्थाका अध्यक्ष प्रगेश देशारले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।