आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

इतिहास राम्रो छ, ९० प्रतिशत भोट कांग्रेसलाई आउँछ : वरिष्ठ नेता रामचन्द्र पौडेल

इतिहास राम्रो छ, ९० प्रतिशत भोट कांग्रेसलाई आउँछ : वरिष्ठ नेता रामचन्द्र पौडेल

  • मिडिया डबली
  • शनिवार, माघ २४ २०७७

  • 8.0K
    SHARES

  • इतिहास राम्रो छ, ९० प्रतिशत भोट कांग्रेसलाई आउँछ : वरिष्ठ नेता रामचन्द्र पौडेल

    काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस सच्चिएर अघि बढ्नुपर्ने समय आएको बताएका छन् ।

    नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरूले तनहुँको दमौलीमा शनिबार सयुक्त रुपमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै पौडेलले भने, ‘कांग्रेसको इतिहास राम्रो छ, नेताहरु सच्चिएर अघि बढ्ने हो भने ९० प्रतिशत भोट कांग्रेसलाई आउँछ ।’

    वरिष्ठ नेता पौडेलले जनताको समस्या समाधान गर्ने गरी कांग्रेस अघि बढ्नुपर्ने बताउँदै पार्टीभित्र एक पक्ष कमजोर अर्को पक्ष बलियो हुन्छु भन्ने सोचाइ राख्न नहुने बताए ।

    ‘कम्युनिस्ट पार्टीहरूबीच फुट हुँदा कांग्रेस बलियो वा खुसी हुन्छ भन्ने होइन,’ पौडेलले भने, ‘अर्काको भत्किएर आफ्नो घर बलियो हुन्छ भन्ने सोचाइ कसैले राख्नु हुँदैन ।’ 

    उनले विघटित प्रतिनिधिसभा अदालतबाट पुनर्स्थापना नभए आन्दोलनबाट हुने बताउँदै प्रतिनिधि सभाको पुनर्स्थापना अदालतबाटै हुने आफू विश्वस्त रहेको बताए । ‘प्रतिनिधिसभा विघटन हुनु भनेको लोकतान्त्रिक व्यवस्था संकटमा पर्नु हो,’ पौडेलले भने, ‘बैशाखमा चुनाव हुने अवस्था छैन ।’

    सिद्धान्तमा एक भएर पार्टी एकीकरण नभई पद र सत्ता प्राप्तिका लागि गरिएकाले कम्युनिस्ट पार्टी फुटको अवस्था आएको पौडेलले बताएका छन् ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले कांग्रेस चुनावदेखि डराउने पार्टी हैन भन्दै चुनाव र संसद् पुनर्स्थापना पनि नहुने अवस्था आएमा आन्दोलन मात्र एक विकल्प भएको बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend