शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

ओली सरकारविरुद्ध आज देशभर प्रदर्शन गर्दै कांग्रेस

ओली सरकारविरुद्ध आज देशभर प्रदर्शन गर्दै कांग्रेस

  • मिडिया डबली
  • शनिवार, माघ २४ २०७७

  • 4.8K
    SHARES

  • ओली सरकारविरुद्ध आज देशभर प्रदर्शन गर्दै कांग्रेस

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा संसद विघटनविरुद्ध आज शनिबार नेपाली कांग्रेसले विरोध प्रदर्शन गर्दैछ ।

    प्रतिनिधिसभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम भन्दै आन्दोलित कांग्रेसको तेस्रो चरण आन्दोलन गरिरहेको छ ।

    शनिबारको कार्यक्रम शुभेच्छुक संस्थाहरूले ७७ जिल्लाको सदरमुकाममा गर्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । शर्माले आन्दोलनका कार्यक्रममा व्यापकता सहभागिताका लागि समेत सबैमा अपिल गरेका छन् ।

    कांग्रेसले प्रतिनिधिसभा विघटन र संवैधानिक परिषद्ले गरेको निर्णयमा अझै आन्दोलन चर्काउने जानकारी दिएको छ ।

    ‘संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्ने कदम होस् या त्यसपछिको बैठक अथवा पछिल्लो शपथग्रहण । दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरीतको कर्म गर्ने सर्वसत्तावाद उन्मुख प्रवृत्तिविरुद्ध हाम्रो संघर्ष जारी छ, जारी रहने छ,’ कांग्रेस प्रवक्ता शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
     
    नेपाली कांग्रेसले यसअघि पुस १३, पुस २५, माघ ३, माघ ८ र माघ १९ मा विभिन्न तहमा विरोध कार्यक्रम गरेको थियो । कांग्रेसले यसपछि फागुन ३ गते ७७ जिल्लामै नेपाली कांग्रेस जिल्ला कार्यसमितिको नेतृत्वमा एकैसाथ सशक्त प्रदर्शनको कार्यक्रम तय गरिसकेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend