काठमाडौं – नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडैलले मध्यावधि निर्वाचनमा जानुअघि एउटा शर्त राखेका छन् ।
नेपाली कांग्रेस पाल्पा रामपुर नगर समितिले बेझाडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम सच्च्याएपछि मात्र चुनावमा जान सकिने शर्त राखेका छन् ।
‘संविधान बचाउनुपर्ने बेला आएको छ । त्यसपछि मात्र चुनावमा जान सकिन्छ,’ उनले भने ।
सबैभन्दा पहिलो संविधानको रक्षा गर्नुपर्ने बेला आएको बताउँदै नेता पौडेलले संविधान नरहे चुनाव नहुने भएकाले चुनाव संविधानमा टेकेर मात्र हुने बताएका छन् ।
‘संविधानलाई पहिला बचाउने र असंवैधानिक कदमलाई सच्याएपछि मात्र चुनावमा जान सकिन्छ,’ पौडेलले भने, ‘संविधान नबच्ने हो भने चुनाव लड्नुको औचित्य छैन । त्यसैले असंवैधानिक कदम सच्याएपछि मात्र चुनावमा जाने सन्देश बोकेर हिँडेको छु ।’
यतिबेला चुनाव लड्दा कांग्रेसलाई फाइदा हुने भए पनि विधि र प्रक्रियाअनुसार चुनाव हुनुपर्ने कांग्रेसको माग रहेको पौडेलले बताए ।
‘कांग्रेस चुनावबाट कहिल्यै भागेको छैन र भाग्दैन,’ पौडेलले भने ।
यसअघि नेता पौडेलले नेपाल प्रेस युनियन पाल्पाले राखेको पत्रकार भेटघाटमा बोल्दै प्रतिनिधिसभा विघटनले देशको नोक्सान, लोकतन्त्रको क्षति र विघटन गर्ने पार्टीलाई धरासायी पार्नेबाहेक केही नगरेको आरोप लगाएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।