आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसविरुद्ध बोल्न छाडेनन् बाबुराम भट्टराई, फेरि लगाए यस्तो गम्भीर आरोप

कांग्रेसविरुद्ध बोल्न छाडेनन् बाबुराम भट्टराई, फेरि लगाए यस्तो गम्भीर आरोप

  • मिडिया डबली
  • बिहिवार, माघ २२ २०७७

  • 12.2K
    SHARES

  • कांग्रेसविरुद्ध बोल्न छाडेनन् बाबुराम भट्टराई, फेरि लगाए यस्तो गम्भीर आरोप

    काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पछिल्लो समय नेपाली कांग्रेसविरुद्ध अभिव्यक्ति दिइरहेका छन् ।

    आज बिहीबार संखुवासभाको खाँदबारीमा जसपाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भट्टराईले कांग्रेसमाथि ढुलमुले भएको आरोप लगाएका छन् ।

    ओलीको असंवैधानिक कदमविरुद्ध नेपाली कांग्रेसले ढुलमुले चरित्र देखाइरहेको डा. भट्टराईको आरोप छ । गत प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसकै भोटले जितेका भट्टराई कांग्रेसविरुद्ध आक्रामक अभिव्यक्ति दिन थालेका छन् ।

    उनले नेपाली कांग्रेसको अनिच्छाका कारण संयुक्त आन्दोलनमा जान नसकिएको समेत आरोप लगाए । 

    नेकपा विभाजनको औपचारिक टुंगो नलाग्नु र कांग्रेस पर्ख र हेरको अवस्थामा रहेकाले राजनीतिक दलहरूबीच साझा आन्दोलन हुन नसकेको डा. भट्टराईको दाबी छ ।

    राज्यका सबै अंग नियन्त्रणमा लिएर दुईतिहाइ मत प्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्नु चरम निरंकुशता र तानाशाही प्रवृत्ति भएको समेत भट्टराईले बताए । 

    ‘यस्ता शासक जतिसुकै बलिया ठानिए पनि छिट्टै पतन हुने र अरुलाई पनि सर्वनास पार्ने गर्छन्,’ उनले भने । प्रतिगमन धेरै नटिक्ने भन्दै भट्टराईले नागरिकको अधिकार नमिच्न र संविधानमाथि आक्रमण नगर्न ओलीलाई चेतावनी समेत दिएका छन् ।

    प्रतिनिधिसभा पुनर्स्थापना विना कुनै हालतमा निर्वाचन नहुने बताउँदै भट्टराईले ओलीले सत्ता लम्ब्याउन चुनावी तयारीको नाटक गरिरहेको आरोप लगाएका छन् ।

    भोलि शुक्रवार हुने विरोध सभालाई सम्बोधन गर्न पत्नी हिसिला यमीसहित नेता भट्टराई संखुवासभाको खाँदबारी पुगेका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend